तिर्थराज ज्ञवाली
दाङ, १९ कार्तिक
हरियाली सामुदायीक बन उपभोक्ता समुह गढवा गाउँपालिका वडा नं २ चिमचिमेको नवौ साधारण सभासम्पन्न भएको छ ।
समुहका अध्यक्ष जिवलाल थापाको अध्यक्षता, गढवा गाउँपालिका स्तरिय वन महासंघका अध्यक्ष नवराज शर्माको प्रमुख आथित्यता, महदेवा वन समुह उपाध्यक्ष तिर्थराज ज्ञवाली, सल्लाहकार दिल बहादुर बोहराको विशिष्ट आथित्यतामा भएको नवौ साधारण सभाले आर्थिक वर्ष २०७५।०७६ को बार्षिक आय ब्यय एवं प्रगति प्रतिबेदन सर्ब सम्मत रुपमा पास गरेको छ ।
गढवा गाउँपालिकाको विकट गाउँको रुपमा रहेको चिमचिमे, घोप्टे, गगरे गाउँलाई समेटि ६५ घरधुरी रहेको हरियाली सामुदायीक बन उपभोक्ता समुहले आफ्ना उपभोक्ताको आय स्तरमा बृद्धि गर्न ५ लाख ५० हजार बरावरको रकम घुम्ती कोषको रुपमा परिचालन गरि बाख्रा पालन, लोकल कुखुरा पालन, पसल, माछा पालन गरिरहेको छ ।
आर्थिक वर्ष २०७५।०७६ को बार्षिक आय ब्यय अन्तरगतको करिव ७ लाख रुपैया सिचाई पोखरि, खानेपानी टंकी मर्मत , बाटो मर्मत, बन संरक्षण, ढलापला संकलन, सामुदायिक भवन मर्मत, घुम्ती कोष लगायतकोमा लगानि गरिएको साधारण सभामा प्रस्तुत गरिएको छ । साथै साधारण सभाले आगामी आर्थिक वर्षको लागि अनुमानित १० लाख वरावरको आय ब्यय समेत पास गरेको छ ।
हरियाली समुदायिक वन समुहले आफ्ना उपभोक्ता हरुलाई अनुदान तथा साझेदारीमा उन्यालोका लागि सोलार सिस्टम, चर्फि निर्माणका लागि प्यान, विद्यालय संञ्चालनका लागि एक शिक्षक, आय स्तर बृद्धिका लागि आय मुलक तालिम, घुम्ती कोष लगानी समेत नियमित गर्दै आएको छ ।
साधारण सभाको अवसारमा हरियाली सामुदायीक बन उपभोक्ता समुहका उपभोक्ता तथा कार्यसमितिका पदाधिकारी दिल बहादुर बोहरा, टंक थापा, कुमारी पनु, सम्झना ग्वाङ, विष्णु पाण्डे, रीमा पुन, जागेश्वर विक, देवका राना, शान्ति पाण्डे लगायतकाले सामुदायिक वनले सञ्चालन गर्दै आएका क्रियाकलाप तथा आगामी दिनमा गर्नुपर्ने कामका वारेमा बोल्नु भएको थियो ।
हरियाली सामुदायीक बन रहेको क्षेत्र चिमचिमे गढवा गाउँपालिका वडा नं २ विद्युत, फोन नियमीत बाटो, गुणस्तरिय शिक्षा स्वास्थ्य, प्रयाप्त सिचाई, खानेपानी पुग्न नसकेको ठाँउ हो ।
RaptiSandesh RaptiSandesh