Home / Feature Breaking news / सवै टोलमा सडक सञ्जालः अध्यक्ष आचार्य

सवै टोलमा सडक सञ्जालः अध्यक्ष आचार्य

घोराही उपमहानगरपालिका वडा नं २ सुगमभित्रको दुर्गम वडा पनि हो । यो वडाका केही क्षेत्रमा अझै विद्युत विस्तार हुन सकेको छैन भने सडक समेत पुगेको छैन । वडाको सोरेटी गाउँमाअझै सडक विस्तार भएको छैन । चाक्लीघाट गाउँ पनि भर्खरै सडक सञ्जालमा जोडिएको छ । चाक्लीघाटमा नियमित यातायाता समेत पुगेको छ । त्यसैगरेर वडाको मुख्यमार्ग कालोपत्रेको काम शुरु भएको छ । स्वास्थ्य र शिक्षाको अवस्थामा पनि सन्तोषजनक नै छ । प्राविधिक शिक्षा अन्तर्गतवन विज्ञानको लागि समेत प्रक्रिया अघि बढेको छ । वडाको शिक्षा, कृषि र स्वास्थ्य र भौतिक पुर्वाधारको विकाशमा जनप्रतिनिधि आएसँगै काम पनि धमाधम भैराखेको छ । यो वडा विशेष गरी तरकारी उत्पादनको क्षेत्रमा राम्रो छ । यहाँ उत्पादन गरेको बस्तुलाई सहज रुपले बजारसम्म पु¥याउन सडक विस्तारका काम भैराखेको छ । वडाका सवै टोललाई वडा कार्यालयसँग जोडने गरेर सडक विस्तारको काम भैराखेको छ । पाँचबर्ष भित्र वडाका सवै स्थानमा सडक, विद्युत, खानेपानी र सिचाइको र पुराउने योजनाछ । यसै विषयमा वडा नं २ का वडा अध्यक्ष केशवकुमार आचार्यसँ पत्रकार इन्द्र डिसीले गरेको कुराकानीको सांर सक्षेप ।

प्रश्नः यहाँलाई स्वागत छ ?
उत्तरः धन्यवाद । जनप्रतिनिधिको तर्फबाट वडा कार्यालयबाट भएका कामका बारेमा कुरा राख्ने अवसर दिएकोमा ।

प्रश्नः वडाको वजेटको अवस्था कस्तो ?
उत्तरः वडामा चालु आर्थिक बर्षमा०७५÷०७६मा उपमहानगरपालिकाको ९० लाख रुपैयाँ परेको छ । त्यसैगरेर प्रशासनिक रकम १० लाख रुपैयाँ छ । त्यो रकमबाट विभिन्न योजना विनियोजन गरेका छौ । त्यसैगरेर केही नगरस्तरीय योजना र केही प्रदेश स्तरीय र सहरी सघन कार्यक्रमको सडक कालोपत्रे गर्ने योजना समेत छ । उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको ९० लाखको बजेटलाई विभिन्न शिर्षकमा बाँडफाँड गरी विकास निर्माणको काम गरेका छौ ।

प्रश्नःचालु आर्थिक वर्ष ०७५÷०७६ मा विनियोजन गरेको योजनाको काम कहाँ पुगकोे छ ?

उत्तरः चालु आर्थिक वर्षमा वडा कार्यालयले विनियोजन गरेको पुर्वाधार क्षेत्रका ९० प्रतिशत योजनाको काम पुरा भैसकेको छ । ४० प्रतिशत भुक्तानी गर्न बाँकी होला । ति पनि प्रक्रियामा छन् । त्यसैगरेर सामाजिक विकासका पनि धेरै योजना पुरा भैसकेको छन् । केही प्रक्रियामा छन् । अवको केही समयमा हामीले वडाले विनियोजन गरेका सवै योजना पुरा गर्ने छौ । भवन मर्मतको योजना भने सम्झौता हुन सकेको छैन । प्राविधिकहरुविच समस्याले अलि ढिलो भएको छ । त्यो पनि अव केही समयपछि हुन्छ । अर्कोतर्फ भौतिकपुर्वाधारसँग जनताको आयस्तर वृद्धिका योजनामा पनि हामीले काम गरिराखेका छौ । त्यसमा पनि शिपमुलक कार्यक्रमलाई हामीले जोड दिने गरेका छौ ।

प्रश्नः विकासका योजनाहरु छनोट कसरी गर्नु हुन्छ छ ?

उत्तरः हामीहरुले बस्ती स्तरबाट भेला गरी योजनाहरु बनाउने गरेका छौ । बस्ती स्तरबाट जुन योजनाहरुलाई प्राथमिकताको आधारमा छनोट भएर आउँछन ति योजनामा नै बजेट विनियोजन गरेका छौ । जहाँजुन कुराको आवश्यक छ, त्यसैमावजेट बाडँफाट गरेका छौ । यस बर्ष पुरा हुने योजना यसै बर्ष र नहुने योजनाहरु अर्को बर्षलाई प्राथमिकतामा राख्ने गरेका छौ । आगामी पाँचबर्षसम्म सवै वडाको समग्र विकासगर्ने उद्देश्य र लक्ष्यका साथ अगाडी बढने प्रयास गरेका छौ ।

प्रश्नः वडाको समृद्धि के मा खोज्दै हुनुहुन्छ ?
उत्तरः हम्रो वडामा सुगम र दुर्गम क्षेत्र पनि छ । त्यो कारण यो वडा अलि फरक पनि छ । यहाँका कुनै ठाउँमा विद्युत र सडक सञ्जाल समेत पुग्न सकेको छैन भने केही ठाउँमा कालोपत्रे भैसकेको छ । यो वडा कृषिको लागि उत्तम र सम्भावना बोकेको वडा हो । यहाँ विशेष गरी तरकारी क्षेत्रको लागि पकेट ठाउँ हो । धेरै जसो व्यक्तिहरु कृषि र व्यवसायमा संलग्न हुनुहुन्छ । यस वडालाई कृषि र कृषि जन्य उद्योगको रुपमा विकासगर्ने हाम्रो सोच छ । त्यसैगरेर बाख्रापालनको लागि पनि यो वडाका केही भागहरु उत्तम छन ।

त्यसको विकासमा पनि वडा कार्यालयले सोच बनाएको छ । अहिले वडा कार्यालयसम्म आउने सडकको सुधारभईरहेको छ । पहिलो कुरा सडकनै रहेछ, सडकको सहज पहुँच भयो भने सवै कुरा हुदै जाने रहेछन् । त्यस्तै कृषिमा आधुनिकरण गरेर आत्मनिर्भर गराउने सोच पनि बनाएका छौ । विशेष गरेर कृषि र सडक सञ्जाल र पशुपालन र पर्यटन क्षेत्रको विकास गरी समृद्ध वडा गराउने सोच छ र त्यो अनरुपकाम भैराखेको छ ।

प्रश्नः गौरवका योजनाहरु के के छन् ?

उत्तरः सहरी सघन अन्तर्गत बालीम खोलादेखि वडा न १ को सिमलतारसम्मको ६.८ किलोमिटर कालोपत्रे योजना शुरु भएको छ । यो योजना बहुवर्षिय योजना हो । त्यसको लागि ७७ करोड रुपैयाँ आएको छ । त्यसैगरेर प्रदेश र नगरपालिकास्तरीय योजना समेत परेका छन् । त्यसैगरेर खानेपानी र विद्युतविस्तारका योजना समेत छन् । वडालाई सडक सञ्जालले जोर्ने योजनाहरु नै वडाका गौरवका योजनाहरु हुन । त्यसैगरेर प्राविधिक शिक्षा अन्तर्गत वन विज्ञान पढाउने तयारी अघि बढाएका छौ । स्वास्थ्य र शिक्षा र कृषि क्षेत्रकालागिपनि केही नमुना योजना अघि सारेर काम थालेका छौ । त्यसैगरेर वडालाई मदिरा मुक्त वडा बनाउने अभियान समेत थालेका छौ । बालमैत्री र हिंसामुक्त वडा बनाउने योजना समेत अघि सारेका छौ ।

प्रश्नः तपाईहरु चुनाव जितेर आएको पनि १ वर्ष ७ महिना भैसक्यो । यो विचमा जनताहरुले बढि मात्रामा कस्तो खालक ाविकास योजनामा गुर्नुहुन्छ ?

उत्तरः अझै पनि हाम्रो समाजमा विकास भनेको भौतिक पुर्वाधार नै बुझने गरिन्छ । मानविय विकास भन्दा पुर्वाधारकै योजना बढि आउने गरेका छन् । सडक, कल्र्भट, खानेपानी, विद्युतका योजना नै बढि जनताबाट आउने गरेका छन् । अव हामीले पुर्वाधारसँग मानविय विकास पनि सँगसँगै लैजान पर्छ भनेर चेतना जगाउन आवश्यक छ । त्यो चेतनादिने काम पनि सुरु गरेका छौ ।

प्रश्नः वडामा कामहरु गर्दा चुनौतीहरु के छन ?

उत्तरःच ुनौती नभएको कुनै पनि ठाउँ हुदैन । चुनौती गर्नको लागि नै म यो क्षेत्रमा प्रवेश गरेको हु । मलाई जनताले काम गर्नको लागि यो जिम्मेवारी दिनु भएको छ । त्यसकारण जनताको पक्षमा जस्ता सुकै चुनौती आएपनि यहाँका जनतासँग समन्वय गरेर अघि बढदै आएको छु । म यहाँका जनताको सेवा गर्न आएको हु । हो विकास निर्माणमा धेरै चुनौतीहरु छन् । कामगर्ने क्रममा चुनौतीहरु हुन्छन् तर चुनौतीलाई सम्भावनामा बदल्ने प्रयास गरेका छौ । पहिलो चुनौती बजेट नै कम छ । जनताको अपेक्षा धेरै छन् । त्यो स्वभाविकै पनिहो ।

तर हामीलाई प्रयाप्त बजेट छैन । ९० लाख रुपैयाँले धेरै कामगर्न सकिदैन । त्यसकारण प्राथमिकताका आधारमा काम गरेका छौ । विकास निर्माण प्रकृयालाई त्रिवता दिनको लागि बजेट धेरै भएमा त्यति चुनौती आउदैन । तर जनताकाचाहना र विकास निर्माणको अपेक्षा धेरैछ । तर बजेट थोरैछ ,त्यसैले समस्याछ । त्यसैगरेर जनशक्तिको अभाव पनि छ । प्राविधिक जनशक्ति छैन । कार्यालयमा अझैसम्म पनि सहयोगी छैन । भएका कर्मचारीले पनि नयाँ प्रविधिमा अभ्यस्त भैसक्नु भएको छैन ।

प्रश्नः वडा कार्यालयले दिने सेवाको प्रभावकारीता कस्तो छ ?

उत्तर ः वितमाहातले लेख्ने कामहरु अव कम्युटरराइजहुने गरेको छ । एकिकृत सम्पत्तीकर अनलाइन सिष्टमा राख्ने गरेका छौ । वडाको दुर्गम ठाउँमा पनि २÷ ३ महिनाको विचविचमा एकिकृत घुम्ती शिविर राखेर नागरिकलाई सेवादिने गरेका छौ । विद्युतको विलपनि यहीबाट नै उपभोक्ताले तिर्ने व्यवस्था मिलाएका छौ । व्यक्तिगत घटना दर्ता लगायतका कामहरु अनलाइन सिष्टमबाट गर्ने गरेका छौं ।

प्रश्नः वडामा खानेपानीको समस्या थियो । त्यो समस्या समधानको लागि के भैराखेको छ ?

उत्तरः हो तपाइले भनेको ठिक हो । यो वडाका केही भागमा खानेपानीको समस्या छ । विशेष गरेर सुर्के डाँगीमा समस्या थियो । त्यो हटाउनको लागि डिब बोडिङ खनिएको छ । अव विद्युत जडानको कामको तयारी भैराखेको छ । यो योजनाले त्यो क्षेत्रका १ सय ८० घरधुरीलाई प्रत्यक्ष फाइदा पुग्ने छ । त्यसैगरेर यहाँखानेपानी समितिले पनि एक घर एक धाराका अवधारणा अघि सार्नु भएको छ । वडाले पनि त्यसको लागिप्रत्यक्ष सहयोग र समन्वय गरिराखेको छ ।

प्रश्नःवडा सदस्यहरुले भुमिका नपाएको गुनासो आउने गरेको छ । यहाँको वडामा सदस्यलाई कतिको भूमिका दिनु भएको छ?

उत्तरःअन्य ठाउँमा वडा सदस्यले भूमिका पाए नपाएको मलाई थाहाँ छैन । तर मेरो वडामा सवै सदस्य दैनिक कार्यलय आउने गर्नु हुन्छ । वडामा भएका काममा सघाउने गर्नु हुन्छ । आउन नसक्ने दिन पनि जानकारी गराउने गर्नु हुन्छ ।

प्रश्नःअन्त्यमाके भन्नचाहनु हुन्छ?

उत्तरः फेरि पनि तपाई र अनलाईन पत्रिकालाई धन्यवाद दिन चाहन्छु । हाम्रो वडाको विकाशनिर्माण र वडाको बस्तु स्थित सवै सामु राख्न दिएकोमा । अहिले हामीहरु वडाको विकासका लागि योजना बनाएर काम गरिराखेका छौ । यसलाई सवै वडा वासीहरुले साथ दिनुभएको छ । मैले सवैसँग समन्वय गरेर नै कामगर्दै आएको छ । मलाई यहाँका जनताले कामगर्न पठाएका हुन । मेरो कुनै स्वार्थ छैन । म जनताको सेवागर्न आएको हु । यो क्षेत्रमालागेर यो ठाउँको लागि केही गर्न सकिन्छ भनेर आएको छु । त्यो क्रमश पनि गर्दै गएको छु । वडाको विकास एक्लैले गरेर मात्रहुदैन ।

सवैको साथ र सहयोग आवश्यक पर्छ । आजसम्म मैले सवै क्षेत्रको सहयोग प्राप्त गरेको छु । मलाई विश्वास छ भोलीका दिनमा त्यो पनि प्राप्त गर्ने छु । विकास निर्माण र परिवर्तन एकलैले गर्न सकिदैन । यसमा सवैको सकारात्म साथ र सहयोग आवश्यक छ । निर्वाचनको समयमा हामीले गरेको बाचाहरु पुरागर्ने तर्फ हामी गम्भिर छौ । हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेको कामकति पुरा गरेका छौ । त्यसमा पनि हामी गम्भिर र सचेत छौ । त्यसकारण सवै परिवर्तन र विकास एकै पटक सम्भव छैन , यो विस्तारै हुदै जान्छ । अन्त्यमा सवैको सहकार्य र सहमतिले वडाको मुहार फेर्ने कुरा सवैलाई विश्वास दिलाउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*