Home / Feature Breaking news / अशक्तको सहारा बनेको निलसागर…

अशक्तको सहारा बनेको निलसागर…

दाङ,१४ पुस । पुसको महिना चिसो सडक पेटीमा दिन काट्दै आएका अशक्त असाहयहरु अहिले देउखुरीको आश्रममा बस्दै आएका छन । दाङलाई सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत ६ दिनको अवधिमा ४० जना सडक मानिसहरुको उद्धार गरिएको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुबाङ, गढवा,ससहनियालगायतका सहरहरुबाट उनीहरुलाई उद्धार गरिएको हो ।

चिसो कठ्याङ्रग्रीदो रातमा सडकमै जीवन काट्दै आएका मानसिक रुपमा ठिक नभएका व्यक्तिहरुलाई निलसागर सेवाश्रामले आश्रय दिएको छ । मानसिक रुपमा सन्तुलन ठिक नभएका मानवहरुलाई सडकबाट उद्धार गरि घरमै पुनस्थापना गर्ने तयारी अन्तर्गत अभियान चलाइएको निलसागर सेवाश्रम नेपालगंज बाँकेकी अध्यक्ष सरिता खनालले जानकारी दिएकी छिन । उनका अनुसार दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा निलसागर असाहय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्र स्थापना गरेर दाङका विभिन्न सहरमा रहेका असाहय, अशक्त एव ज्येष्ठ नागरिकहरुलाई उद्धार गर्न सुरु गरिएको छ । उद्धारका क्रममा करिव २१÷२२ बर्षीया गर्भवती युवतीदेखि ८७ बर्षीय ज्येष्ठ नागरिकलाई सडकबाट उद्धार गरिएको खनालले बताइन ।

‘अभियानका क्रममा देउखुरीको भालुबाङबाट बोल्न नसक्ने एक गर्भवती युवतीलाई सडकबाट उद्धार गरेका छौँ,उनको अवस्था निकै कमजोर थियो ’,अध्यक्ष खनालले भनिन्,‘सडक जीवन विताइरहेकी ती युवतीलाई उद्धार गरि ल्याएर स्वास्थ्य परिक्षण गर्दा गर्भवती रहिछिन,अहिले केन्द्रमा राखेर स्याहार सुसार गरिरहेका छौँ ।’ त्यस्तै अभियानका क्रममा लमही बजारको छेउमै रहेको जंगलबाट ८२ बर्षीय ज्येष्ठ नागरिकको उद्धार गरिएको समेत बताइन । उनी लामो समयदेखि उक्त स्थानमा बस्दै आएकी थिएन । सडकमा कष्टकर जीवन विताउँदै आएकी उनलाई स्थानीय जनप्रतिनिधिसहितको टोलीले उदार गरेको हो ।

त्यस्तै सिसहनियामा करिव ३२ बर्षदेखि सडकमा बस्दै आएका ८६ बर्षीय एक जना ज्येष्ठ नागरिकलाई समेत उद्धार गरि केन्द्रमा राखिएको छ । जिल्लाका विभिन्न सहरबाट उद्धार गरिएका उनीहरुलाई आश्रममा राखेर स्वास्थ्य परिक्षणसँगै उपचार गर्दै आएको अध्यक्ष खनालले जानकारी दिएकी छिन । त्यसका लागि निलसागर असाहय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रका संयोजक समेत रहेका डा. प्रकाश बिष्टलगायतका डक्टरहरुले सहयोग गरिरहेका छन । स्वास्थ्य उपचारसँगै मानसिक रुपमा कमाजोर रहेका उनी काउन्सीलिङको समेत काम भैरहेको उनले बताइन ।

दाङलाई सडक मानवमुक्त बनाउने उद्देश्यले पुसको १ गतेदेखि आश्रम सञ्चालन गरिएको थियो । आश्रम स्थापनागरेर पुसको ६ गतेदेखि सडकमा आश्रय लिइरहेका मानिसहरुलाई उद्धार गर्न सुरु गरिएको हो । अभियानका क्रममा सवैभन्दा धेरै लमही बजारबाट १५ जना, घोराही बजारबाट १३ जना, तुलसीपुरबाट ९ जना, नारायणपुरबाट ३ जना, बालुबाङबाट ५ जना र गढवाबाट चार जनालाई उद्धार गरिएको छ । जसमध्य चार जनालाई घरमा पुर्नस्थापित गरिएको अध्यक्ष खनालले जानकारी दिएकी छिन । उनको यो अभियानमा जनप्रतिनिधि,विभिन्न संघसस्थालगायतका अभियानहरुले सघाईरहेका छन । घोराही, तुलसीपुरलगायतका क्षेत्रमा सडक मानिसहरुलाई उद्धारका क्रममा जनप्रतिनिधि,संघसस्थाका प्रतिनिधि,पत्रकारसँगै सामाजिक युवाअभियान्ताहरुले साथ दिएका छन ।

निलसागर सेवाश्रम २०७३ सालमा नेपालगंजमा स्थापना भएको थियो । स्थापना भएको तीन बर्षको अवधिमा ६ सय बढिलाई सडकबाट उद्धार गरिएको निलसागर सेवाश्रमका उपाध्यक्ष नारायण सुवेदीले जानकारी दिएका छन । उनका अनुसार उद्धार गरिएका करिव तीन सयलाई परिवारमै पुनस्थापित गरिएको छ । उद्धार गरिएका तीन सय २ अहिले अहिलेपनि आश्रममा बस्दै आएका छन । बाँकेबाट सुरु गरिएको सस्थाले अहिले बाँकेको नेपालगंज र कोहलपुर, बर्दिया, दाङ र पाल्पा जिल्लामा आश्रम सञ्चालन गरेर सडक मानवमुक्त बनाउने अभियानमा लागिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*