Home / समाचार / तेहेरो करको विरुद्धमा ५ नं. प्रदेशका सामुदायिक वनकर्मीले बुटवलमा बिरोध प्रदर्शन गर्दै

तेहेरो करको विरुद्धमा ५ नं. प्रदेशका सामुदायिक वनकर्मीले बुटवलमा बिरोध प्रदर्शन गर्दै

दाङ, १४ पुस । स्थानीय जनताले संरक्षण गरेको सामुदायिक वनमाथि सरकारले तेहेरो कर लगाएको बिरोधमा सामुदायिक बन उपभोक्ता महासङले आज सोमबार बुटवलमा प्रदर्शन र सभा गर्दै छ ।

तेहेरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ न प्रदेशका दाङ सहितका सबै जिल्लाका सामुदायिक बनका उपभोक्ता बिरोध प्रदर्सन र सभाका लागि बुटवलमा पुगेका छन । दाङका ५ सय बढी बन समूहको प्रतिनिधित्व हुने गरि एक हजार बढी सामुदायिक वनका उपभोक्ता बुटवलमा पुगेको सामुदायिक वन उपभोक्त महासङ्ग दाङले जनाएको छ । बन महासघ दाङको जिल्ला कार्यसमितिको पुस ८ गतेको निर्णय अनुसार दाङका दस वटै स्थानीय बन महासघको नेतृत्वमा सामुदायिक वनका उपभोक्ताहरु आन्दोलनका बुटवल पुगेको बन महासङ्ग दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनु भयो ।

उहाँका अनुसार सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको भन्दै देशब्यापी आन्दोलनमा उत्रिएका हुन । वन र वातावरण संरक्षणमा सामुदायिक वन समूहले गरेको योगदानका कारण नेपाल विश्वसामु सामुदायिक वनको देशका रूपमा परिचित हुन सफल भएको भन्दै बन महासघले एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गरेको छ।

सरकार र वन कर्माचारीबाट वनमाथि पटक–पटक आक्रमण गर्ने गरेको निस्कर्स सहित बन महासघले तीनै तहका सरकारले लगाएको तेहेरो करका विरुद्धमा सशक्त आन्दोलनमा उत्रनुपरेको बताएको छ । कानूनी अवरोधले गर्दा उपभोक्ताले संरक्षण गरेको वनबाट दाउरा, जडीबुटी, काठ जस्ता वनपैदावार निकासीमा अप्ठेरोपरेको कारण उपयोग गर्न नपाएका कारण नष्ट भएर खेर जाने गरेको छ ।

उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोप सहित वन महासङ्गले उक्त व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

दिउँसो १२ बजे पछि बुटवलमा बिरोध प्रदर्शन हुने र त्यसपछि हुने विरोधसभामालाई सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठक,उपाध्यक्ष भीमप्रकाश खड्का सहितका पदाधिकारी र बन तथा वातावरणमा लागेका ब्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बन महासङ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*