Home / Feature Breaking news / तरकारी खेतिमा मेहनती पुन दम्पती

तरकारी खेतिमा मेहनती पुन दम्पती

आभास बुढाथोकी
घोराही, १३ भदौ
देशमा भएका विरोजगारीको समस्यासंगै रोजगारीका लागी विदेश जानेहरुको संख्या वर्षेनी बढिरहेको बेला पैसा कमाउन परदेश जानै पर्दैन पसिना बगाए माटोमै सबैथोक फल्छ भन्ने उदाहरण एक कृषक दम्पतिले देखाएका छन् ।

घोराही उपमहानगरपालिका–१४ ढोडेनी निवासी कर्मधन पुन (४४) र धनसरी पुन यी दम्पत्ती आफ्नो दैनिकी माटोमै पसिना बगाउदै खेतबारीमा अन्नबाली उब्जाउदै गरेको भेटिन्छन् । बिहान भए संगै उब्जाएका यी दम्पतीलाई खेतबारीमा उब्जाएको तरकारीहरु गोडमोल गर्ने भ्याइ नभ्याई हुन्छ । छोराछोरीलाई खाना बनाएर स्कुल पढाएपछि कर्मधन र उहाँकी श्रीमति धनसरीको दिनचरिया आफ्नै खेतबारीमै वित्छ ।

केही वर्ष अगाडी अल्लोबाट कपड5ेही वर्षहरुमा मौसमी तरकारी खेती गर्दै आइरहेका उनीहरुले पछि बेमौसमी तरकाा0कारी खेती सूरु गरेका थिए । पहिलेका केही वर्षहरुमा मौसमी तरकारी खेती गर्दै आइरहेका उनीहरुले पछि बेमौसमी तरकारी खेती सुरु गरे ।

‘सिजनमात्रै उत्पादन गरेका तरकारी खेतीबाट त्यति राम्रो आम्दानी नभएनपछी बेमैसमी तरकारीखेती शुरु ग¥यौँ’– धनसरी पुन भन्नुहुन्छ– ‘बेमैसमी तरकारीहरुमा काक्रा, सिमी, बन्दा गोपी, टमाटर, भिन्डी, करेला जस्ता सबै उत्पादन गर्ने गरेका छौँ । बेमैसमी तरकारी खेतिमा मेहनत धेरै नै गर्नुपर्छ, राम्रो आम्दानी हुन्छ । सबै खर्च कटाएर वार्षिक तिन लाख आम्दानी गर्दै आइरहेका छौँ ।’

आफ्नो सीपले भ्याएसम्म अहिले तरकरी खेति गरिरहेको भएपनि अब कृषी कार्यलयबाट केही अनुदान र परामर्श लिएर उत्पादन बढाउदै व्यवसायलाई अझै ठुलो बनाउने सोच बनाएको दम्पतिले बताएको छ ।

देशमा अहिले समस्याको रुपमा रहेको विरोजगारीलाई यी कृर्षक दम्पतीले आफ्ना सफलताका कथाबाट देशकै श्रममा पसिना बगाए पैसा कमाउने विदेश जानै पर्दैन भन्ने सन्देश दिएका छन् ।

अनेकौ समस्याहरुको सामना गर्दै दुई छाक खान लाउन मात्रै भए पनि किन नपुगोस् तर आफ्नो जन्मभुमीमा पसिनाका धारा बगाउदै रमाउने यी पौरखी दम्पती समाजका लागी एक प्रेणाका पात्र बनेका छ%D=

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*