Home / समाचार / दाङमा फोटोको दररेट समायोजन हुने

दाङमा फोटोको दररेट समायोजन हुने

हिमाल महरा
घोराही,१२ कार्तिक । दाङ जिल्लामा मंसिर १ गतेदेखि फोटो स्टुडियोहरुमा नयाँ दररेट लागुहुने भएको छ । बाहिरबाट आउने कच्चापदार्थ को मुल्य आकासिएको त्यस्तै कन्टेनर को भाडादर पनि दोब्बर भएको, बजारमा सबै प्रकारका समानमा मूल्य वृद्धि भइरहदा जिल्ला भित्रका फोटो सम्बन्धी कलर ल्याब तथा फोटो स्टुडियोहरुमा पनि नयाँ रेटलिस्ट लागू गर्न लागिएको हो ।

दाङ जिल्ला फोटोग्राफर एशोसियसनको २०७८ असोज २ गते भएको १३औं साधारण सभाले २०७८ मंसिर १ गतेदेखि लागु हुने गरि दररेट वृद्धि गर्ने निर्णय गरेको दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष बसन्त न्यौपानेले जानकारी दिएका छन् ।

मंसिर १ गतेदेखि लागु हुने गरि हालसम्म अर्जेन्ट फोटो १५० बाट वृद्धि भएर अब २०० हुने, नर्मल फोटो १०० बाट वृद्धि भएर अब १५० हुने भएको छ । साथै सबै प्रकारका फोटोहरुमा दररेटमा वृद्धि भएकको पनि एशोसियसनका उपाध्यक्ष मिनराज महराले जानकारी दिएका छन् । दाङका फोटो स्टुडियोहरुले २०७२ सालदेखि एउटै दररेटमा कारोवार गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*