Home / Feature Breaking news / कुन प्रदेशमा कति बजेट ? लुम्बिनीमा १५ अर्ब ३८ करोड

कुन प्रदेशमा कति बजेट ? लुम्बिनीमा १५ अर्ब ३८ करोड

सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष ८०/८१ को बजेटमा सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरेको छ। त्यस्तै, सबैभन्दा कम मधेस प्रदेशलाई छुट्याएको छ।

सरकारले ७ वटै प्रदेशमा जम्मा १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख विनियोजन गरेको छ।

कर्णाली प्रदेशमा १६ अर्ब २७ करोड ३९ लाख विनियोजन भएको छ। त्यसमध्ये ४ अर्ब ३९ करोड २२ लाख पुँजीगत प्रकृत्तीको र ११ अर्ब ८८ करोड १७ लाख चालु प्रकृतिको बजेट रहेको छ।

यता, मधेस प्रदेशलाई १३ अर्ब ४५ करोड ३५ लाख विनियोजन गरिएको छ। जसमध्ये पुँजीगततर्फ ३ अर्ब ८९ करोड ९ लाख र चालुतर्फ ९ अर्ब ५६ करोड २६ लाख छुट्टयाएको छ।

कुन प्रदेशमा कति?
कोशी प्रदेश:  १६ अर्ब ११ करोड ७० लाख
पुँजीगत तर्फ– ५ अर्ब २० करोड ५२ लाख
चालु तर्फ– १० अर्ब ९१ करोड १८ लाख

मधेस प्रदेश: १३ अर्ब ४५ करोड ३५ लाख
पुँजीगत तर्फ– ३ अर्ब ८९ करोड ९ लाख
चालु तर्फ– ९ अर्ब ५६ करोड २६ लाख

बागमती प्रेदश: १५ अर्ब ८१ करोड २३
पुँजीगत–५ अर्ब ९ करोड ६४ लाख
चालु– १० अर्ब ७१ करोड ५९ लाख

गण्डकी प्रदेश: १३ अर्ब ६० करोड
पुँजीगत–  ४ अर्ब १७ करोड २२ लाख
चालु– ९ अर्ब ४३ करोड १८ लाख

लुम्बिनी प्रदेश: १५ अर्ब ३८ करोड ४२ लाख
पुँजीगत– ४ अर्ब ७३ करोड २१ लाख
चालु– १० अर्ब ६५ करोड २१ लाख

कर्णाली प्रदेश: १६ अर्ब २७ करोड ३९ लाख
पुँजीगत– ४ अर्ब ३९ करोड २२ लाख
चालु– ११ अर्ब ८८ करोड १७ लाख

सुदूरपश्चिम प्रदेश: १४ अर्ब ४२ अर्ब १९ करोड
पुँजीगत–३ अर्ब ९९ करोड २५ लाख
चालु–१० अर्ब ४२ अर्ब ९४ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*