Home / Feature Breaking news / रमेश केसीको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

रमेश केसीको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

दाङ,२४ चैत । प्युठानको मान्डबी गाउँपालिका वडा नंं. २ ढिकावनका निवास ि गिरबहादुर केसीका १३ वर्षीया छोरा रमेश केसी एक वर्षदेखि घाटीमा रहेको ग्रन्थीमा लागेको क्यान्सर रोगबाट थलिएका छन् ।

सुनामी मावी रातापानी मर्कावाङमा कक्षा ८ मा अध्यनरत उनी ४ महिनादेखि विद्यालय जान समेत सकिरहेका छैनन् । उनको चितवनस्थित बिपी कोईराला क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ ।

घरपरिवारको कमजोर आर्थिक अवस्था भएका केसीको उपचार समस्या भएको छ । अहिलेसम्म उपचारमा झण्डै ११ लाख रुपैयाँ सकिएको छ । उनको उपचार गर्न झण्डै ६ महिना जति लाग्ने भएपछि उनका आफन्तले सहयोगको याचना गरेका छन् । रमेशका आमाले अर्कैसँग विवाह गरेकी छन् भने बुबा पनि अर्कै विवाह गरेर भारतमै मजदुरी गर्दै आएका छन् । अहिले रमेशलाई हजुरबुबा, हजुरआमा र काकाहरुले उपचारको खर्च वेहोर्दै आएका छन् ।

उनको उपचारमा धेरे रकम आलग्ने आफुसँग पैसा नभएका कारण परिवारले उपचारमा सहयोग गरिदिन सवैमा आग्रह गरेको । उपचारका लागि खर्च जुटाउन नसकेपछि उनीहरुले सहयोगको याचना पनि गरेका छन् । सहयोगका लागि कालिका क्षेत्रीको नाममा प्रभु बैंकमा खाता खोलिएको छ । केसीका आफन्तहरुले प्रभु बैंकको खाता नं. ०१७१०७०१२४२७१८०००००१ मार्फत सहयोग गरिन देशविदेशमा बस्नेत नेपालीहरुमा आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*