Home / Feature Breaking news / खेलको विकासका लागि पूर्वाधार विकास आवश्यकः श्रेष्ठ

खेलको विकासका लागि पूर्वाधार विकास आवश्यकः श्रेष्ठ

दाङ, २३ चैत । रामशरण थापा स्मृति रनिङ शिल्ड कप फुटवल प्रतियोगिता शनिवारदेखि सुरुभएको छ । घोराहीको भरतपुर खेल मैदानमा सुरुभएको प्रतियोगिताकोे प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले उदघाटन गरेका हुन ।
राप्ती क्लव घोराहीको आयोजनामा सुरुभएको प्रतियोगिताको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले जिल्लामा फुटवल प्रतिको क्रेज बढ्दै गएको बताएका थिए । नियमित हुने फुटवल प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै नयाँ खेलाडीहरु उत्पादनमा समेत महत्वपुर्ण भुमिका खेल्ने गरेको बताएका छन ।

foot

जिल्लामा फुटवलप्रतिको क्रेज बढ्दै गएपनि खेलका लागि पूर्वाधार विकास नभएको भन्दै सरकारलाई पूर्वाधार निर्माण ध्यान दिन आग्रह गरेका थिए ।
राप्ती क्लवका अध्यक्ष बसन्त पुरीको अध्यक्षतामा भएको फुटवल प्रतियोगितामा प्रदेशसभा सदस्य श्रेष्ठले जिल्लालाई खेलकुदको शहरका रुपमा विकास गर्नुपर्ने बताए । त्यसका लागि आफुले पहल गर्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य राजु खनालले जिल्लाको खेलकुदको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताए । व्यक्ति स्वास्थ्यका दृष्टिले समेत महत्वपुर्ण रहेको प्रतियोगिताको विकास गर्न सके जिल्लाको खेलक्षेत्र अघि बढ्ने समेत बताए ।

कार्यक्रममा घोरारही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डागी र दाङ, जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठले जिल्लामा फुटवलको क्रेज बढ्दै गएको भन्दै अव जिल्लामा खेलकुद क्षेत्रको विकास लागि पूर्वाधार आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले खेलकुद क्षेत्रको विकास लागि जिल्लामा पूर्वाधार निर्माणमा ध्यानदिनुपर्ने बताए । पूर्वाधार नहुदा नयाँ खेलाडी उत्पादन गर्न समस्या रहेको भन्दै उनले पूर्वाधार निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताए ।

क्लवका सचिव श्यामकुमार गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा प्रतियोगितका बारेमा पूर्व खेलाडी केदारराज श्रेष्ठले जानकारी गराएका थिए ।

उद्घाटन खेलमा बडहरा बिजयी
यसैविच प्रतियोगिताको उदघाटन खेल बडहरा युवा क्लव बिजयी भएको छ । बडहरा युवा क्लव र किसान जागृती युवा क्लवका विच भएको उद्घाटन खेलमा १ का विरुद्ध ३ गोल गर्दै बडहरा क्लव बिजयी भएको हो । बैशाख सात गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा क्लवहरुको सहभागिता रहेको छ । आइतवार घोराहीको अटल युवा क्लव र तुलसीपुरको एसएसएफएका विच हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक राप्ती क्लवका सचिव श्याम गिरीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ किपरलगायतका खेलाडीहरु छनोट गरेर पुरस्कृत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*