Home / Feature Breaking news / हावाहुरीसहित वर्षाः तीन दिन मौसम प्रभावित हुने

हावाहुरीसहित वर्षाः तीन दिन मौसम प्रभावित हुने

काठमाडौँ, २३ चैत । पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखी काठमाडौँ उपत्यकासहित देशभर हावाहुरीसहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो ।

सोमबारसम्म देशको अधिकांश स्थानको मौसम प्रभावित हुने मौसमविद् पोखरेलले बताइन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको बताइएको छ ।

उक्त प्रणाली क्रमशः विकसित भई आगामी सोमबारसम्म कायम रहने मौसमविद् पोखरेलले बताएकी छन् ।

काठमाडौँ उपत्यकामा आज दिउँसो केही बेर मौसम खुला भई घाम लाग्ने छ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*