देउखुरी, ४ मंसीर
नेकपा माओवादी केन्द्रका एकजना जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देउखुरी अमिलिया निवासी ओमवहादुर खत्री आज माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
अमिलियामा आज भएको चुनावी सभामा उनलाई क्षेत्र नम्बर १ का कांग्रेस प्रतिनीधि सभा सदस्य उम्मेदवार सुशीला चौधरी, क्षेत्र नम्बर १ प्रदेश सभा २ का उम्मेदवार जानकीलाल बस्नेत र कांग्रेस नेता योगेन्द्र चौधरीले पार्टी प्रवेश गराएका हुन् । खत्री लगाएत ११ जनाले संयुक्त रुपमा पार्टी प्रवेश गरेका थिए । खत्री २०५४ देखिनै माओवादीको राजनीतिमा सकृय बनेका थिए ।
भारतमा माओवादीको संगठन निर्माणको जिम्मेवारीबाट सुरु भएको उनको माओवादी राजनीति २०५८ मा नेपालमा भुमिगत अवस्थाबाट चलेको थियो । धर्ना,फ्रलवारी,गढवामा सुरक्षा दस्ताको कमाण्ड सम्हालेका उनि २०६४ मा जिल्ला सदस्य बनेका थिए ।
बामगठवन्धनका नाममा मुलुकमा कम्उुनष्टि शासन लाद्ने आफ्नै पार्टीको नीति सहि नभएको भन्दै खत्रीले पार्टी छोडेको वताए । ‘नेपाली जनता लोकतान्त्रीक पद्धतिमा बाँच्न चाहन्छ,’उनले भने ‘तर बाम गठवन्धनका नाउमा कम्युनिष्ट शासन सञ्चालन गर्ने माओवादी नीति प्रति म सहमत हुन सकिन र आजका दिन देखि पाटीृ परित्याग गरेर कांग्रेसको कार्यकर्ता बनेको छु ।’
खत्रीलाई पार्टी प्रवेश गराउँदै कांग्रेस नेता तथा उम्मेदवारहरुले प्रजातान्त्रीक मुल्य र मान्यतालाई अंगिकार गर्दै नेपाली कांग्रेसलाई बिजयी बनाउने अभिभारा बोकेर चुनावी अभियानमा होमिन आग्रह गरेका थिए ।
यसैविच नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य उम्मेदवार सुशीला चौधरी, प्रदेशसभा २ का उम्मेदवार जानकीलाल बस्नेत,कांग्रेस नेता योगेन्द्र चौधरी,पूर्व सांसद बिमला नेपालीले आज अमिलिया देखि लमही सम्मका विभिन्न चुनावी सभालाई सम्वोधन गरेका छन् । उनिहरुले बिकास निर्माणको सच्चा पहरेदार नेपाली कांग्रेस मात्रै भएको भन्दै कांग्रेसको पक्षमा जनतमत बलियो बनाउनु पर्ने वताए ।
‘हामीहरु बिकासको अभिभारा बोकेको पार्टीका नेता कार्यकर्ता हौँ,’प्रतिनीधिसभा सदस्य उम्मेदवार सुशीला चौधरीले भनिन् ‘यसर्थ दिगो बिकासका लागि कांग्रेसलाई जिताउनु हाम्रो कर्तब्य हो ।’ प्रदेशसभा सदस्य उम्मेदवार जानकीलाल बस्नेतले बिगतमा गरिएका बिकासे बाचा पुरा गर्नका लागि आसन्न निर्वाचनमा कांग्रेसको जीत अपरिहार्य रहेको बताए ।
‘स्थानीय तहको निर्वाचनमा बिकासका धेरै बाचाहरु ग्रिए, कति पुरा भए कति पराजयका कारण पुरा गर्न सकिएन ,’उनले भने ‘हामीहरुले गरेका बाचाहरु जुन हाम्रो पराजयका कारण पुरा गर्न सकेनौ?ति बाचा साकार पार्नका लागि अबको निर्वाचन जित्नु जरुरी छ, सबै यो अभियानमा सकृय बन्नु जरुरी छ ।’ यसैगरि कांग्रेस नेता योगेन्द्र चौधरीले कम्युनिष्ट शासन सञ्चालनका लागि प्रचारमा ल्याईएको बामतालेमेलको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरे ।
‘कम्युनिष्ट शासन भनेको जनताका कुण्ठित हुने शाशन हो,त्यहाँ शासकले जे भन्छन् त्यति मान्नु पर्ने वाध्यात्मक परिस्थती रहन्छ,’उनले भने ‘भोलीको त्यो डरलाग्दो अवस्थाबाट जोगिन अहिल्यै सचेत बन्न जरुरी छ, लोकतान्त्रीक शक्तिको पक्षमा लाग्नु जरुरी छ ।’
यसैगरि पूर्व सभाषद बिमला नेपालीले पनि मुलुकको हितका निम्ती कांग्रेसले पुर्याएको योगदानको ईतिहाँस अहिले पनि साक्षी रहेको भन्दै कांग्रेस भन्दा अन्य कुनै शक्तिले त्यति बिकास गर्न नसकेको दाबी गरिन् ।
प्रदेशसभा २ अन्तर्गत, आज अमिलिया,तेलिया,रिहार,बिजुलीपुर,गणेशपुर,सतवरिया,बनघुस्री र बन्गैँमा चुनावी सभा गरिएका थिए ।