Home / Feature Breaking news / महिला संघको घरदैलो जारी

महिला संघको घरदैलो जारी

घोराही, ४ मंसीर
नेपाली कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि महिला संघले सुरु गरेको घरदैलो कार्यक्रम जारी छ । संघले घरदैलो कार्यक्रमलाई तीव्र बनाएर लगेका छन् । यस क्षेत्रका विभिन्न स्थानमा संघले घरदैलो गरिरहेको छ ।

महिला संघले आईतवार घोराही उपमहानगरपालिका वडा नम्बर १७ को विभिन्न स्थानमा घरदैलो गरेको छ भने आज सोमवार घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ मा घरदैलो गरेको छ ।

1

समानुपातिक उमेद्वार सावित्रा रानाको नेतृत्वमा भएको घरदैलोमा महिलाहरुले संविधान जारी कांग्रेसले गरेको भन्दै कार्यान्वयनकालागि पनि कांग्रेसलाई नै विजयी बनाउन अनुरोध गरेका थिए । उनीहरुले कांग्रेसले जितेमात्र देशले जित्ने भन्दै सबैले कांग्रेसका उमेद्वारहरुलाई मत दिएर विजयी बनाउन आग्रह गरे ।

त्यस अवसरमा मतदाताहरुले स्थानीय एवं विकासप्रेमी उमेद्वारहरुलाई मत दिने बताएको रीता खनालले जानकारी दिनुभयो । साथै यो घरदैलोलाई निरन्तर जारी राख्ने पनि उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*