Home / खेलकुद / मैत्रीपुर्ण फुटवल प्रतियोगिता हुने

मैत्रीपुर्ण फुटवल प्रतियोगिता हुने

घोराही,५ मंसिर । न्यू स्टार फुटवल क्लव नारायणपुर दाङको आयोजनामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ । क्षेत्र नं. २ स्तरिय मैत्रीपूर्ण फुटवल प्रतियोगिता यहि मंसिर नौ र दश गते नारायणपुरमा हुने भएको हो ।

त्यसका लागि क्षेत्र नम्वर २ अन्तर्गत पर्ने विद्यालय,क्लव तथा संघसस्थाहरुलाई सहभागी हुन क्लवले सवैलाई आग्रह गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद दश हजारसहित हिल्ड,प्रमाणपत्र र दोश्रो हुने नगद पाँच हजार शिल्ड,प्रमाणपत्रहरु प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताका सहभागी हुन टिम दर्ता शुल्क पाँच सय रहेको क्लवका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिए । इच्छुक विद्यालय,क्लव र संघसस्थाहरुले यहि मंसिर आठ गते साझ पाँच बजेसम्म कल्वमा टिम दर्ता गर्न सक्ने आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*