घोराही, ३१ भदौ ।
नारायणपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा नेपाली काग्रेस निकट प्रजातान्त्रिक प्यानल जित नजिक पुगेको छ । मतदान भएको चार सय ४० मतदान मध्य तीन सय ४० मत मध्य तीन सय ४० गणना हुदा प्रजातान्त्रीक प्यानलका उमेद्धवारहरु दोव्वर मतले अग्रता लिइरहेका छन् ।
जसमा प्रजातन्नत्रीक व्यवसायीक प्यानलका महेन्द्र दाहालले दुई सय १७ मत प्राप्त गरेका छन । भने संयुक्त व्यवसायीक प्यानलका अध्यक्षका प्रत्यासी दोर्ण केसीले एक सय १० प्राप्त गरेको निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिए । यसै गरी अन्य पदाधिकारी सहित सदस्यहरुमा प्रजातान्त्रीक व्यवसायीक प्यानलका उमेदवारहरुको अग्रता लिईरहेको निर्वाचन स्थलमा रहेका पत्रकार आरके शितलले जानकारी दिनुभयो । अव सय मत मात्र गन्न बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । आज बिहान आठ बजेदेखि सुरु भएको मतदानमा साझ चार बजेसम्म भएको मतदानमा करिव ९६ प्रशित मतदान भएको थियो । कुल चारसय ५८ मतदाता रहेकोमा चार सय ४० मत खसेको निर्वाचन अधिकृत लम्सालले जानकारी दिए ।