Home / Feature Breaking news / ‘गजिनी’ भिलेनले साइन् गरे नेपाली फिल्म ‘आ बाट आमा’

‘गजिनी’ भिलेनले साइन् गरे नेपाली फिल्म ‘आ बाट आमा’

भारतीय फिल्मका अभिनेता प्रदीप रावत आगामी नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएका छन् । चन्द्र पन्तले निर्देशन गर्ने उक्त फिल्ममा रावत जोडिएको जनाइएको छ ।

पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’बाट रावतले नेपाली फिल्ममा डेब्यु गरेका थिए । पन्तले विज्ञप्ति जारी गर्दै रावतले आफूले निर्देशन गर्ने आगामी फिल्म साइन् गरेको जनाए ।
उनले भने, ‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छौं । उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा देखिनुहुनेछ । नितान्त नेपाली लोकमा नेपाली स्टाइलको भुमिका निवार्ह गर्दै हुनुुहन्छ ।’

नेपाली फिल्ममा काम गर्न आफू उत्साहित रहेको उनले बताए । अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’मा रावतले नीता ढुंगानाको बुवाको भूमिकामा अभिनय गरेका थिए ।
रावत चर्चित बलिउड फिल्म ‘गजिनी’मा भिलेनको रुपमा नेपालमा समेत चर्चित छन् । उनी यसमा आमिर खानसँग देखिएका थिए ।
यसअघि यो फिल्ममा विपना थापा र शाह अनुबन्धित छन् । पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’बाट विपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् ।

फिल्मको पटकथा अभिमन्यु निरवीले लेखेका हुन् । भदौदेखि छायांकन तयारी छ ।

थिम पोस्टर दुई साता अघि सार्वजनिक भएको थियो । निर्देशक पन्तले यो फिल्मको प्रदर्शन मिति समेत तोकिसकेका छन् । उनका अनुसार यो फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*