घोराही, १६ मंसिर
सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने निश्चित भएको बताएका छन । प्रेस युनियन दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले पाँच नम्वर प्रदेशको भौगोलिक अवस्था र दाङ उपत्यकाको प्रशस्त संभावना रहेका कारण न्यायिक हिसावले पनि दाङ प्रादेशिक राजधानीका रुपमा उपयुक्त भएको बताए ।
दाङ राजधानी बन्ने भएका कारण आफु रेडियो नेपालको प्रादेशिक कार्यालयको विस्तारका लागि निरिक्षणमा आएको बताएका मन्त्रीले निर्वाचन लगतै दाङ प्रादेशिक राजधानीको केन्द्र तोकिने समेत बताए ।
दाङ धेरै सम्भावना बोकेका क्षेत्र भएकाले यस जिल्लाले धेरै सम्भावना बोकेको बताउनुभयो । यस क्षेत्रको विकास लागि तुलसीपुरमा रहेको एयरपोर्टको स्तर उन्नतिसँगै नयाँ अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्नुपर्ने, दाङ उपत्यकालाई पर्यटकिय केन्द्रका रुपमा विकास गर्न भ्यू टावर, प्रादेशिक स्तरको अस्पतालको निर्माणसँगै कृषिको विकासका माध्यमवाट आर्थिक आम्दानीलाई वृद्धिसँगै सिचाईको व्यवस्था गर्न सकिने मन्त्री बस्नेतको धारणा थियो ।
त्यसका साथै आफुले सञ्चारको पहुज गाउँगाउँका जनतासम्म पु¥याउने उद्दश्यले २०२७ सम्म नेपाललाई डिजिटल नेपालको अवधारणा अनुसार दाङसहित नेपालका १४ जिल्लाहरुमा विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा व्यवस्था सुरु गरेको बताए ।
‘दाङसहित सात प्रदेशका १४ जिल्लाका प्राथमिक विद्यालय,निमावि,माध्यामिक विद्यालयहरुसँगै स्थानीय तहका प्रत्येक वडा,स्वास्थ्यचौकीहरुमा समेत दुई थान कम्प्युटर, प्रिन्टर, युपिएसको व्यवस्था सरकारले गरेको छ।’ मन्त्री बस्नेतले भने ।
विद्युतको सुविधा नपुगेका स्थानहरुमा सोलारको व्यवस्थाका माध्यमवाट अनिवार्य रुपमा सूचना तथा प्रविधाको विकास गरिएको भन्दै उनले अवको तीन वर्षभित्र नेपालका ७७ वटै जिल्लाका स्थानीय तह,स्वास्थ्यचौकीसँगै विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षा सुरुवात हुने बताए । प्रेस युनियन दाङ शाखा उपाध्यक्ष बसन्धरा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव देवेन्द्र बस्नेतले गरेका थिए ।