घोराही, ३० माघ
बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको हत्यारालाई कारबाही माग गर्दै विद्यार्थीहरुले आज शुक्रवार घोराहीमा प्रदर्शन गर्ने भएका छन् । बलात्कार पछि हत्या गरिएकी बालिका भट्टको नेपाल महिला सामुदायिक सेवा केन्द्रको बालिका शिक्षा कार्यक्रम अन्तरगत घोराहीमा प्रदर्शन गर्ने भएका हुन् ।
भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै विद्यार्थीहरुले विरोध कार्यक्रम गरिने बालिका शिक्षा कार्यक्रमका प्रमुख लक्ष्मी गुप्ताले जानकारी दिनुभयो । दिउसो १ बजे घोराहीको विपी चोकमा जम्मा भई तुलसीपुर चोकमा पुगेर कोण सभा गरिने उहाँले जानकारी दिनुभयो । साथै उहाँले प्रदर्शन कार्यक्रममा सहभागी हुन सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
