Home / Election / क्षेत्र नम्वर ३ मा काग्रेस उम्मेदवार गिरीको अग्रता

क्षेत्र नम्वर ३ मा काग्रेस उम्मेदवार गिरीको अग्रता

घोराही,२२ मंसिर

दाङ प्रतिनिभिसभा क्षेत्र नम्वर ३ मा नेपाली काग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता लिएका छन । प्रारम्भीक मतपरिणम अनुसार गिरीले नेकपा एमाले र माओवादी केन्द्रका सयुक्त उम्मेदवार एमालेका नेता हिराचन्द्र केसीलाई झिनो मतले पछि पार्दै अग्रता लिएका हुन । करिव १७ सय मतगणना हुदा गिरीले ८०७ लिएका छन ।

उनका प्रतिद्वन्द्वी वामगठबन्धनका उम्मेदवार केसीले ७६८ प्राप्त गरेका छन ।
त्यस्तै क्षेत्र नं. ३ प्रदेशसभा १मा झिनो मतले बाठगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’अघि देखिएका छन । शर्माले ७६६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका उम्मेवदार डिल्लीबहादुर चौधरीले ६९५ मत प्राप्त गरेका छन ।

त्यस्तै प्रदेश २मा पनि वामगठबन्धनका उम्मेदवार उत्तरकुमार ओलीको अग्रता रहेको छ । ओलीले ८०७ सात लिएका छन भने काग्रेसका उम्मेवदार भण्डारीले ५८९ मत प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*