Home / समाचार / कांग्रेस दाङका सचिव डाँगीले भने– ‘सस्तोमा औषधी विक्री गर्यो भनेर बन्द गर्ने कस्तो सरकारी व्यवस्था हो ?’

कांग्रेस दाङका सचिव डाँगीले भने– ‘सस्तोमा औषधी विक्री गर्यो भनेर बन्द गर्ने कस्तो सरकारी व्यवस्था हो ?’

दाङ, ३ जेठ

नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले कोभिडका बिरामहरुलाई आवश्यक रेम्डीसिभिर औषधी विक्रीमा सरकारले रोक लगाएकोप्रति आपत्ति जनाउदै यो स्वीकार्य नहुने बताउनुभएको छ ।

महामारीको समयमा बिरामीहरुलाई सहज रुपमा सस्तोमा औषधी उपलब्ध गराएकै कारण कोभिडका लागी आवश्यक औषधी विक्रीमा प्रशासनले लगाउनु लज्जास्पद भएको उहाँले बताउनुभएको छ ।

‘कस्तो सरकारी व्यवस्था हो ? यो महामारीको समयमा बिरामीलाई सहजरूपमा, सस्तोमा औषधि उपलब्ध गराउन खोज्दा पनि किन सस्तोमा बेचिस भनी औषधि बेच्न बाट रोक लागाउने । कि कालोबजारी गर्ने, भ्रष्टाचार गर्नेले मात्र बेच्न पाउने हो ? के कारण बाट घोराहिमा आएको औषधि बिक्रीवितरण गर्न रोक लागाइयो ? मानिसको जीवन संग जोडिएको औषधि जस्तो विषयमा नभएका नियम कानुन देखाएर औषधि बन्द गर्ने । औषधी नपाएर कसैको जिवन तलमाथि भयो भने तेस्को जिम्मेवारी त्यस्ता असंबेदनसिल पक्षले लिनु पर्ने छ । कि यस क्षेत्रमा उपचार गर्न आउनेलाई बाच्नं पाउने अधिकार छैन ?’ उहाँले भन्नुभयो– ‘सहजरुपमा सस्तोमा औषधि उपचार गर्ने पाउने अधिकार यहाका बिरामीलाई छैन ? कस्ले दिने हो यसको जवाफ ? जो सुकै, जुनसुकै तहबाट भएको किन नहोस् यो कार्य किमार्थ स्विकार्य छैन । त्यसै त अक्सिजनको अप्रयाप्त बाट कठिन भएको समयमा अझ औषधि जस्तो बिषयमा जालझेल गर्न खोज्नेहरु मानव जिवनका दुस्मन हुन् । त्यस्ता जो सुकै होस, सामाजिक रुपमा बहिष्कार गर्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*