Home / Feature Breaking news / भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । गएराति उपचारका क्रममा कोरोना संक्रमित आफन्तले ज्यान गएपछि स्वास्थ्यकर्मीमाथि आफन्तले आक्रमण गरेका थिए ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाका अनुसार पक्राउ पर्नेमा मानबहादुर मृतकका भाइ र अन्य दुईजना मृतककै छोरा छन् । ५३ वर्षीय आफन्तको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको चौतर्फी आलोचना भइरहेको छ ।

एसपी रानाले घटनाको अनुसन्धान भइरहेको र त्यसपछि के मुद्दा चलाउने भन्नेबारे टुङ्गो लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*