Home / Feature Breaking news / दाङमा थप ८२ जनामा कोरोना पुष्टि

दाङमा थप ८२ जनामा कोरोना पुष्टि

दाङ, १२ बैशाख। दाङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ८२ जनामा पुष्टि भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गरिएको १ सय ५५ जना मध्य ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्य घोराही उपमहानगरपालिकामा ३१ जना, तुलसीपुर उपमहानगरपालिकामा ३६ जना, शान्तिनगर गाउँपालिका ३ जना, लमही नगरपालिकामा २ जना, राप्ती गाउँपालिकामा २ जना, गढवा गाउँपालिका १ जना र बबई गाउँपालिकामा ४ रहेका छन् । योसँगै जिल्लामा संक्रमित संक्रिमतको संख्या ४ सय ८ जना पुगेको छ ।

यसैविच कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ । बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी) लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी छ । आइतवार बसेको सीसीएमसीको बैठकले यस्तो तयारी गरेको उनले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*