Home / Feature Breaking news / सांस्कृतिक संघको क्षेत्रीय सभापतिमा डिसी

सांस्कृतिक संघको क्षेत्रीय सभापतिमा डिसी

दाङ,१७ कार्तिक । नेपाल सांस्कृतिक संघ दाङ क्षेत्र नम्बर ३ गठन गरिएको छ । शनिवार नारायणपुरमा भएको कलाकारहरूको भेलाले संघको क्षेत्रीय समिति गठन गरेको हो । भेलाले अग्रज कलाकार हुमबहादुर डिसीको सभापतित्वमा १७ सदस्यीय समिति गठन गरेको छ ।
जसको उपसभापतिमा ध्रुव शेर्पाईली र लक्ष्मी शाह, सचिवमा सरद बि।क (समीप), सहसचिवमा लक्ष्मण खनाल, कोषाध्यक्षमा केशव रावत र सह–कोषाध्यक्षमा हुमबहादुर डाँगी रहेका छन । ।

बैठकले समितिको सदस्यहरूमा विष्णुकुमार देवकोटा, दोर्ण बस्नेत, बुद्धिराम शर्मा, मनोज श्रेष्ठ, बसन्त चौधरी (एनटी), शिवराज रोका (रोजन), अञ्जना चौधरी, हेमन्त पुन, शालिकराम पौडेल र निराजन डाँगी रहेका छन ।

नेपाल सांस्कृतिक संघका जिल्ला उपसभापति बालिका लम्सालको अध्यक्षता एवं पूर्व मन्त्री बलदेव शर्मा बज्गैँयाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काग्रेस महाधिवेशन प्रतिनिधि भरतबहादुर न्यौपाने, कांग्रेस क्षेत्रीय सभापतिहरू भुपबहादुर डाँगी र गिरिराज सुवेदी, काग्रेस त्रिपुर सभापति दिपक पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण सांस्कृतिक संघ दाङका सचिव राजेन्द्र दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*