Home / समाचार / ३ सय ५० औँ दिनमा क्लिन तुलसीपुर अभियान

३ सय ५० औँ दिनमा क्लिन तुलसीपुर अभियान

शरद रेग्मी
तुलसीपुर, १७ साउन
तुलसीपुरमा सञ्चालन भैरहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफार्ई अभियान मंगलवार देखि ५० औं हप्तामा पुगेको छ । तुलसीपुरलाई सफा र स्वच्छ वनाउनका लागि थालिएको अभियानले ३ सय ५० दिन पुरा गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरको संयुक्त आयोजना तथा जिल्लामा क्रियाशिल राजनितिक दलहरु, शुरक्षा निकायहरु तथा दर्जनौ सामाजिक संघ संस्थाहरुको प्रत्येक्ष सहभागितामा संचालन भैरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापनमा उल्लेखनिय सुधार भैरहेको व्यवसायीहरुले वताएका छन् ।20476049_1653486008019143_2773329427044130604_n (1)

शुरुमा यो अभियान हामीलाई झन्जटिलो लागेको थियो वुझ्दै जादा यसले तुलसीपुरलाई नै देश भर चिनाउन सफल भयो व्यवसायी राजन भण्डारीले भन्नु भयो । यो अभियानलाई निरन्तरता दिन सके तुलसीपुरले मुहार फेर्ने भण्डारी विश्वास व्यक्त गर्नु भयो । यता आज मंगलवारको सरसफाई अभियानमा नगरवासीहरुको उल्लेखनिय सहभागिता रहेको छ । अभियानमा हातेमालो गर्ने भन्दै तुलसीपुरको गोरखा वोर्डिङका तिन सय वढी विद्यार्थीहरु समेत सरसफाईमा सहभागी भएका छन् ।

20479463_1653416261359451_9122091838077668245_nउनीहरुले तुलसीपुरको (घ) र (ङ) लाईनमा सरसफाई गरेको सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनु भयो । उहांका अनुसार सरसफाई अभियान ५१ औ हप्ता पछि तुलसीपुर उपमहानगरपालीकालाई हस्तान्त्रण गरिनेछ । त्यस अघि तुलसीपुरमा साता व्यापी अभियान समेत संचालन गरिदै छ । जसमा वृक्षारोपन , ट्राफिक सचेतना , फोहोर व्यवस्थापन ,सरोकारवाला संग अन्तरक्रिया चित्रकला ,हाजिरी जवाफ जस्ता कार्यक्रम तय गरिएको छ । ५० औ हप्ताको सरसफाई अभियानको शुभारम्व मेयर घनश्याम पाण्डेले गर्नु भएको थियो ।

20479540_1653416478026096_6754330022802073968_n

उहाँले सरसफाई अभियान संचालन गर्नका लागि सबै संग हातेमालो गरेर अगाडि वढ्ने समेत वताउनु भयो । उहांले तुलसीपुरको फोहोरलाई मोहोरमा रुपान्तरण गर्दै बजार सफा र सुन्दर वनाउन १९ वटै वडामा अभियानको शुरुवात गरिने वताउनु भयो । कार्यक्रममा गोरखा वोर्डिङका प्राचार्य विजय जि.एमले सरसफाई अभियान निरन्तर संचालन हुनु पर्ने वताउनु भयो । कार्यक्रमको संचालन प्रेस सल्लाहकार शरद रेग्मी र महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*