Home / Feature Breaking news / उत्तर–दक्षिण कोरिया ऐतिहासिक वार्ता शान्ति सम्झौता गर्ने घोषणा
South Korean President Moon Jae-in and North Korean leader Kim Jong Un pose for a photo in the truce village of Panmunjom inside the demilitarized zone separating the two Koreas, South Korea, April 27, 2018. Korea Summit Press Pool/Pool via Reuters/2018-04-27 10:53:34/

उत्तर–दक्षिण कोरिया ऐतिहासिक वार्ता शान्ति सम्झौता गर्ने घोषणा

काठमाण्डौ,१४ वैशाख । उत्तर र दक्षिण कोरियाका उच्च नेताहरु ६८ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न सहमत भएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे–इनको ऐतिहासिक वार्तापछि शान्ति सम्झौता गर्ने घोषणा गरेका हुन् ।

किम जोङ उन ६५ वर्षमा पहिलो पटक दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता हुन् । उनलाई राष्ट्रपति मुनले स्वागत गरेका थिए ।

नेताद्वयले सीमा क्षेत्रमा रहेको पीस हाउसमा वार्ता गरेका थिए । लगतै कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका छन्, जसलाई शान्तिको एक नयाँ युगको सुरुवात भनिएको छ । ऐतिहासिक वार्तापछि दुई नेताले १९५३ को युद्धविरामलाई शान्ति सम्झौतामा रुपान्तरण गर्ने सहमति गरेको बीबीसीले जनाएको छ ।

कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने लक्ष्यमा दुबै नेता सहमत भएका छन् । दुई देशले उत्तर कोरियामा संयुक्त कार्यालय खोल्ने घोषणा गरेका छन् ।

साथै यो वर्षको अन्त्यमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरिया भ्रमण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*