घोराही, २४ पुस
घोराही उपमहानगरपालिकाका युवाहरु ठुलो संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । घोराही उपमानगरपालिकाका १ सय ३६ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
शनिवार नेपाली कांग्रेस दाङले एक कार्यक्रमको आयोजना गरि युवाहरुलाई सदस्यता प्रदान गरेको छ । युवाहरु युवाहरु त्रिभुवन बर्तौला, त्रिशक्ती बर्तौला, संजोग श्रेष्ठ, अनिल सन्त्याल, चेतलाल कुवर र कृतन रेग्मीको नेतृत्वमा १ सय ३६ जना युवाहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य राजु् खनाल, कांग्रेस दाङका पूर्व सचिव कमलकिशोर घिमीरे, निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगी, महाधिवेशन प्रतिनीधी बद्रिकुमार खड्काले युवाहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला सचिव अर्जुन योगीले गर्नुभएको थियो । पार्टि प्रवेश कार्यक्रमपूर्व युवाहरुको समूहले बजार परिक्रमा गरेको थियो ।
RaptiSandesh RaptiSandesh