Home / Feature Breaking news / घोराहीमा प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

घोराहीमा प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप हुने

दाङ,२२ पुस । दाङको घोराहीमा लुम्विनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिपको हुने भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्सल हाप्किडो हाप्किडो संघ र घोराहीनगरस्तरीय हाप्किडो संघको सहकार्यमामा माघको ४, ५ र ६ गते लुम्विनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप हुने भएको हो ।

उक्त च्याम्पियनसिपको उद्घाटन लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्ने भएका छन् । घोराहीमा विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिप गर्ने तयारी गरिएपनि तत्कालका लागि उक्त प्रतियोगितालाई रोकेर प्रदेशस्तरीय प्रतियोगिता गर्न थालिएको दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरले जानकारी दिएका छन् ।

‘यसअघि माघको पहिलो हप्ता विद्यालयस्तरिय च्याम्पियनसिप गर्ने गरि तयारी भैरहेको थियो । तर त्यसलाई पछि गर्ने गरि अहिले प्रदेशस्तरिय प्रतियोगिता गर्ने तयारीमा जुटेका छौ’,उनले भने,‘प्रदेशस्तरिय च्याम्प्यिनसिपको मन्त्रीले घोराहीमा उद्घाटन गर्नेछन् ।’ खेलक्षेत्रको विकाससँगै खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता गर्न थालिएको बताए । पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी स्वरुप यो प्रतियोगिता गर्न थालिएको छ ।

प्रदेशस्तरिय च्याम्पियनसिपमा लुम्विनी प्रदेशका १२ जिल्लाकै खेलाडीहरुको सहभागिता रहने दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष बुढामगरले बताए । उनले प्रतियोगिताको तयारीका लागि सेमिनार,गोष्ठीलगायतका कार्यक्रमहरु सञ्चालन भैरहेको समेत जानकारी दिएका छन् ।

दाङ हाप्किडो संघको आयोजना तथा नेपाल मार्सल हाप्किडो हाप्किडो संघको सहकार्यमा माघको २२ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने भएको छ । त्यसका लागि तयारीसँगै प्रचारप्रसारको काम समेत भैरहेको आयोजक दाङ जिल्ला हाप्किडो संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*