संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा भवन नयाँ बानेश्वर अगाडी शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसार संसद् भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको प्रहरीले जनाएको छ ।
RaptiSandesh RaptiSandesh