काठमाडौं,१७ जेठ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल हुने भएका छन् । दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिन लागेको हो ।
राखेपले पटवालसँग आज साँझ अनुबन्ध सम्झौता गर्ने कार्यक्रम रहेको छ । पटवालले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेका थिए । यसअघि पटवालले अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा पनि काम गरेका थिए ।