Home / Feature Breaking news / सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश

सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं,१४ पुस । बलात्कार आरोप लागेका कृष्णदास गिरी (सिद्धबाबा)लाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक २९ वर्षीया महिलालाई करणी गरेको आरोप सिद्धबाबामाथि लागेको थियो। उनलाई मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*