Home / Feature Breaking news / बाली पीडित किसानले अझै पाएनन् राहत

बाली पीडित किसानले अझै पाएनन् राहत

अमरराज आचार्य

दाङ, १४ मंसिर । बेमौसमी वर्षातले क्षति पुगेका कृषकहरूले हालसम्म कुनै राहत पाउनसकेका छैनन् । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबाट कुनै पनि राहत पाउन नसकेको कृषकहरूको गुनासो छ । केही राहत आएको छ कि ? भनेर कृषकहरू दैनिक जसो आउने गरेको स्थानीय तहहरूले जनाएका छन् ।

कृषकहरू कुनै राहत पाइन्छ कि भनेर स्थानीय तहहरूमा बुभ्mन आए पनि रित्तो हात फर्किने गरेका छन् । वर्षातले क्षति भएको धेरै भए पनि हालसम्म क्षति भएको वाफत केही राहत पाउन नसकेको एक कृषकले बताए । ‘सरकारले कति क्षति भयो भनेर टिपेर लैजाने काम मात्र ग¥यो’, उनले भने, ‘सरकारले कृषकलाई आशामात्र देखाउने काम गरेको छ ।’ कृषकहरूलाई राहतका लागि स्थानीय सरकारले पनि हालसम्म कुनै पनि राहतका कार्यक्रम ल्याउन सकेका छैनन् । स्थानीय सरकारहरू पनि प्रदेश सरकार र संघीय सरकारको पर्खाइमा छन् ।

तुलसीपुर उपमहानगरपालिकाले कृषकलाई राहत दिनका लागि कुनै पनि निर्णय नगरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा अधिकृत धनराज गौतमले जानकारी दिए । नगर क्षेत्रमा क्षति भएको विवरण संकलन गरेर कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकार तथा सम्बन्धित निकायमा पठाए पनि कुनै राहत कार्यक्रम आउन नसकेको उनले बताए ।

घोराही उपमहानगरपालिकाले पनि कृषकहरूलाई राहतका लागि हालसम्म कुनै पनि निर्णय नगरेको नगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले बताए । हालसम्म नगर कार्यपालिकाले पनि कुनै निर्णय नगरेरको र प्रदेश तथा संघीय सरकारबाट कुनै राहतका लागि रकम नआएको उनी बताउँछन् । लमही नगरपालिकाको पनि अवस्था उस्तै छ । नगरपालिकाले आफैले केही निर्णय गर्नसकेको छैन भने प्रदेश तथा संघीय सरकारबाट राहतका लागि रकम नआएको लमही नगरपालिका कृषि शाखाका अधिकृत अमरकुमार चौधरीले जानकारी दिए ।

नगरपालिका कृषकहरूलाई राहत प्रदान गर्ने विषयमा सकारात्मक भए पनि हालसम्म निर्णय भने हुन नसकेको उनको भनाइ छ । राप्ती गाउँपालिकाले पनि कृषिकहरूलाई राहत प्रदान गर्नका लागि कुनै निर्णय भई नसेको जनाएको छ । प्रदेश तथा संघीय सरकारमा राहतको लागि प्रयास जारी राखेको गाउँपालिकाका कृषि शाखा अधिकृत अनील अधिकारीले जानकारी दिए ।

केही समय अघि आएको बेमौसमी वर्षाले करिब ७० करोड रूपैयाँको धानबालीमा क्षति पु¥याएको थियो । जिल्लाका १०वटा स्थानीय तहहरूबाट संकलन गरेको तथ्याङ्कअनुसार उक्त रकम बराबरको धानबालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रूपैयाँको क्षति भएको हो ।

जिल्लामा ८ हजार ९ सय ९८ दशमलव ९ हेक्टर क्षेत्रफलमा लगाइएका धानमा पानीले क्षति पु¥याएको थियो । करिब २७ हजार ६ सय ६८ दशमलव २५ मेट्रिकटन धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । जसमा ४ सय ७८ हेक्टर क्षेत्रफलको काटिएको धान बगाएको छ भने ८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा रहेको धान ढालेर क्षति पु¥याएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

ज्ञान केन्द्रकाअनुसार बबई गाउँपालिकामा ५ सय २ दशमलव ५ हेक्टर क्षेत्रफलमा रहेको धानमा क्षति पु¥याएको छ । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टरको काटेको धान बगाएको थियो भने ३ सय ६२ दशमलव ५ हेक्टर ढालेर क्षति पु¥याएको थियो । शान्तिनगर गाउँपालिकामा ७ सय ६१ दशमलव ३ हेक्टरको धानमा क्षति पु¥याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१ दशमलव ३२ हेक्टरको धान ढालेर क्षति पुगेको थियो ।

दंगीशरण गाउँपालिकामा १हजार १ सय २३ दशमलव ५ हेक्टरमा रहेको धानबालीमा क्षति पुगेको थियो । गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा७ दशमलव ५ हेक्टरमा रहेको काटेको धान बगाएको थियो । १ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु¥याएको थियो । यसैगरेर तुलसीपुर उपमहानगरपालिकामा २ सय ७५ हेक्टरमा रहेको धानबालीमा क्षति पुगेको थियो । उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरको धान ढालेर क्षति पुगेको थियो ।

त्यस्तै घोराही उपमहानगरपालिकामा १ हजार ९ सय ५८ दशमलव ८ हेक्टरमा रहेको धानबालीमा क्षति पुगेको थियो । उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८ दशमलव ८ हेक्टरमा धान ढलेर क्षति पुगेको थियो । बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा रहेको धानमा क्षति पुगेको थियो । पालिकामा १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको थियो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरको धानबालीमा क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धानखेती गरिएको थियो । जसमा १ हजार ४ सय ३२ हेक्टरको धान ढालेर क्षति भएको थियो ।

यसैगरेर राप्ती गाउपालिका ७१ दशमलव ८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७१ दशमलव ८ हेक्टरको धान ढालेर क्षति पुगेको थियो । गढवा गाउँपालिकामा ९ सय १९ दशमलव७ हेक्टरमा भएको धानबालीमा क्षति पुगेको थियो ।

गाउँपालिकामा २ हजार १ सय७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११ दशमलव ६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो भने ८ सय ८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो । राजपुर गाउँपालिकामा ८ सय७५ दशमलव ३ हेक्टरको धानबालीमा क्षति पुगेको थियो । गाउँपालिकामा १हजार ७ सय १८ हेक्टरमा धानखेती गरिएकोमा २ सय १८ दशमलव ६८ हेक्टरमा काटेको धान बगाएर क्षति पुगेको थियो । ६ सय ५६ दशमलव ५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको थियो ।

राहतका लागि मापदण्ड

यसैबीच बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेका किसानले राहत पाउने भएका छन् । गृहमन्त्रालयले राहत वितरण गर्न बनाएको मापदण्ड ‘बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड, २०७८’ अनुसार राहत पाउने भएका हुन् । मापदण्डमा उल्लेख भएअनुसार धानको न्यूनतम समर्थन मूल्यका आधारमा राहत दिइने छ ।

धानबालीमा पूर्णरूपमा क्षति पुगेका साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत, मध्यम किसानलाई ३० प्रतिशत र ठूला किसानलाई २० प्रतिशत राहत उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । त्यस्तै, आंशिक रूपमा क्षति पुगेका ठूला, मध्यम र साना किसानले लागतको २० प्रतिशत पाउनेछन् । ‘तर ५५ हजारभन्दा बढी राहत उपलब्ध गराइने छैन’, मापदण्डमा उल्लेख छ । तीन विगाहभन्दा बढी जग्गा भएको ठूला, १० कठ्ठाभन्दा बढी र तीन बिगाहसम्म जग्गा भएको मध्यम र १० कठ्ठा जग्गा भएकालाई साना किसान भनेर बुझिन्छ । सोही क्षेत्रफलमा अरूको जग्गामा लगाउने किसानले पनि राहत पाउने छन् ।

किसानले राहतका लागि आफ्नै जग्गामा धानबाली खेती गरेको भएमा त्यस्तो जग्गाको कित्ता नम्बर र क्षेत्रफल खुल्ने गरी जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी, अरू कसैको जग्गामा भए जग्गाधनीसँग आपसी समझदारी वा करार गरी धान खेती गरिएको भए त्यस्तो धानबालीमा लगाइएको जग्गाको कित्ता नम्बर र क्षेत्रफल खुल्ने गरी जग्गाधनी प्रमाणपुर्जासँगै जग्गाधनी र किसानबीच भएको करार सम्झौताको प्रतिलिपी वा जग्गाधनीले गरिदिएको कागज स्थानीय तहमा रहेको सिफारिस समितिमा पेश गर्नुपर्ने छ ।

‘कागजात पेश गर्न नसक्ने किसानले धानखेती गरेको जग्गाको चार किल्ला सहितको जग्गाको क्षेत्रफल र उपलब्ध भएसम्म जग्गाको कित्ता नम्बर खुलाइ एकजना वडा सदस्य र धानबाली खेती गरेको जग्गा रहेको स्थानबाट नजिकका कम्तिमा तीन जना किसानको सनाखत सहित सम्बन्धित वडा कार्यालयको सिफारिस–पत्र, किसानको धानबालीको क्षतिको विवरण, किसानको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र किसानको बैंक खाताको विवरण आवश्यक पर्नेछ’, मापदण्डमा उल्लेख छ ।

स्थानीय तहले आफ्नो स्थानीय तहमा धानबालीमा पुगेको क्षतिको आँकलन गर्दा सो स्थानीय तह रहेको जिल्लाको औसत उत्पादनको आधारमा धानबालीमा पुगेको क्षतिको आँकलन गर्नुपर्ने छ । रकम जिल्ला स्थित कोष तथा नियन्त्रण कार्यालयले किसानको खातामा पठाइदिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*