Home / Feature Breaking news / कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

कैलाली,२ कार्तिक । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । उनीसँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् ।

कैलालीको जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिएका छन् ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*