Home / Feature Breaking news / क्विक्स कप च्याम्पीयनः छात्रामा फातिमा र छात्रमा गोरखालाई

क्विक्स कप च्याम्पीयनः छात्रामा फातिमा र छात्रमा गोरखालाई

लक्ष्मण बस्नेत
असार, १९ दाङ ।

क्विक्स कप अन्तर बिध्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी छात्रा तर्फ फातिमा स्कुल तुलसिपुर र छात्र तर्फ गोरखा माबि तुलसिपुरले हात पारेका छ्न् ।

अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको छात्र तर्फको फाईनल खेलमा नेपाल प्रहरी स्कुल गोराहिलाई ट्राईवेकरमा पाखा लगाउदै गोरखा मावि तुलसिपुरले उपाधी चुमेको हो ।

कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १–१ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइवेकरमा गएको थियो ।

नेपाल प्रहरिका तर्फ बाट जर्सी न १३ का करण सिह यादबले खेलको ५ औ मिनेटमा पहिलो गरे । त्यस्तै गोरखा माबिका जर्सी न ७ का खेलाडी दिनेश चन्दले ४८ औ मिनेटमा जवाफि गोल गर्दै टिमलाई १(१ को बराबरीमा पुर्‍याउन सफल भएका थिए ।

त्यस्तै छात्रा तर्फ नेपाल प्रहरी स्कुल घोराहिलाई शून्य का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै फातिमा स्कुल तुलसिपुरले उपाधी हात पारेको हो ।

फातिमाका तर्फ बाट जर्सी न १६ का ममता पुनले पहिलो हाफ्मा गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा जिलामा स्थापित ५३ बिध्यालयको सहभागिता रहेको थियो ।

खेलमा मुख्य रेफ्री बिनोद बिक,सहायक रेफ्रीमा खुम बहादुर ओलि,आदेश केसि,फोर्थ अफिसियलमा सुरेश मगर मिङमा चौधरी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*