Home / Feature Breaking news / कक्षा थपका लागि विद्यालयहरुलाई अनुमति प्रदान

कक्षा थपका लागि विद्यालयहरुलाई अनुमति प्रदान

तिर्थराज ज्ञवाली
देउखुरी,  १९ असार
राप्ती गाउँपालिका गाउँ शिक्षा समितिको विहिवार बसेको बैठकले कक्षा थपका लागि अनुमति मागेका विद्यालयहरुलाई अनुमति प्रदान गरेको छ ।

राप्ती गाउँपालिका गाउँ शिक्षा समिति अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा बसेको बैठकले नयाँ शैक्षिक सत्र २०७६ मा नयाँ कक्षा थपका लागि माग भएका सामुदायीक तथा निजी विद्यालयहरुको अनुगमन पश्चात अनुमति दिएको हो ।

गाउँ शिक्षा समितिको बैठकले राप्ती क्षेत्रमा कार्यरत गाउँपालिका शिक्षक तथा कर्मचारीको सेवा सुविधा निर्धारणका लागि अध्यन तथा प्रतिबेदन पेश गर्नका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको संयोजकत्वमा तिन सदस्यीय कार्यदय चयन गरेको छ ।

साथै राप्तीक्षेत्रमा बाल विकासमा अध्यापन गराउदै आएको बाल विकास सहयोगी कार्यकर्ताको पछिल्लो मागका वारेमा यथासक्य छिटो सम्बोधन हुनेगरि केन्द्र सरकार र प्रदेश सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको शिक्षा समितिका सदस्य सचिव शिक्षा अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*