Home / Feature Breaking news / दुग्ध विकास संस्थानको बिक्री केन्द्र घोराहीमा सञ्चालन

दुग्ध विकास संस्थानको बिक्री केन्द्र घोराहीमा सञ्चालन

दाङ,२ कार्तिक । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य बस्तु बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगंज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा बिस्तार गरी बिक्री केन्द्र संचालनमा ल्याएको हो ।

घोराही–१४ को राप्ती टोलबाट सेवा सुरु गरेको बिक्रि केन्द्रको शुक्रबार एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको छ । दुग्ध विकास संस्थान नेपालगंज वितरण आयोजना कोहलपुरका प्रमुख योगेन्द्र शाहको अध्यक्षता तथा दुग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

त्यस अवसरमा संस्थानका अध्यक्ष गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दुधको हवका रुपमा निर्माण गर्ने योजना रहेको बताए । दुध उत्पादनका दृष्टिकोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दुध संकलन केन्द्रसमेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण लाग्ने योजना राखेको उनले बताए ।

कोरोना महामारीका बेलामा बजारमा दुधको खपत अहिले आधा घटेको बताउँदै उनले संस्थानले घाटा सहेर भएपनि कृषकले उत्पादन गरेको दुध खरीद गरी व्यवस्थापन गरिरहेको बताएका थिए । मुलुकभर संस्थानको २ लाख लिटर दुध विगतमा खपत हुने गरेकोमा हाल त्यसको खपत झण्डै आधा घटेको बताउँदै उनले प्रति लिटर १७ रुपैयाँ घाटा सहेर पनि कृषकलाई राहत प्रदान गरिरहेको जानकारी गराए ।

दुधमा प्रति लिटर ५ रुपैयाँ मुनाफा आर्जन गरेर विगत वर्षमा ४ करोड मुनाफा कमाएको संस्थानले नाफामुखी मात्रै नभई सेवामुखी भएर पनि काम गरीरहेको बताए । ‘गुणस्तरीय दुध सेवनका लागि पास्चराइजर गरिएको दुध पिउनु नै स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ’–सस्थाका अध्यक्ष गिरीले भने–‘ हामी गुणस्तरमा विश्वास गर्ने भएकाले कृषकबाट खरीद गरिएको दुध प्रशोधन गरी बिक्रि गरिरहेका छौं ।’ उनले सस्थानले नबिकेको दुध पाउडर बनाएर पछि बिक्री गर्ने काम भइरहेको छ ।

दाङको लमही, तलसीपुर क्षेत्रबाट यस अघि सेवा प्रदान गर्दै आएको दुग्ध विकास संस्थानले निकट भविष्यमा घोराही क्षेत्रमा पनि पूर्वाधार निर्माण गरी दुग्ध उत्पादक कृषकहरुको दुध खरीद गर्ने योजनाका साथ काम अघि बढाइएको उनको भनाई थियो ।

कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङका प्रमुख डा बेदबहादुर केसीले प्रशोधन गरिएको दुध सेवन नै मानव स्वास्थ्यका लागि लाभदायक हुने बताए । दुध दिने पशुहरुमा विभिन्न खालका रोग लागेको वा संक्रमण भएको भए उक्त दुध सेवन मानव स्वास्थ्यका लागि घातक हुने र त्यसले विभिन्न समस्या निम्त्याउने हुँदा पास्चराइजर गरिएको स्वस्थ दुध सेवन गर्न आग्रह गरे ।

कृषक तथा दुध सेवनकर्ताहरुमा स्वस्थ्य दुध पिउनु पर्छ भन्ने ज्ञान कतिपयमा नभएको वा भए पनि व्यवहारमा लागु नगरेको धेरै पाइएकाले यस तर्फ कार्यालयले सचेतना फैलाउने काम केन्द्रित गर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर १७ का वडा अध्यक्ष खुशीराम चौधरीलगायतले दाङमा दुधको राम्रो सम्भावना रहेको भन्दै दुधमा किसानहरुलाई आत्मनिर्भर बनाउदै दुधको खपतलाई बढाउन आग्रह गरेका थिए ।
दुग्ध विकास संस्थानले सरकारले तोकेको मुख्यमा दुध तथा दग्धजन्य बस्तु बिक्रि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*