Home / Feature Breaking news / विपन्न परिवारमा दशै भित्राउदै दाङ महिला जेसीजको शुभकामना आदानप्रदान

विपन्न परिवारमा दशै भित्राउदै दाङ महिला जेसीजको शुभकामना आदानप्रदान

दाङ, १ कार्तिक

दाङ महिला जेसीजले विपन्न परिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डबरडिङ्गाका तीन घरपरिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको हो ।

जेसीजले शनिवार डबरडिङ्गामै पुगेर हिन्दुहरुको महान् पर्व विजयादशमीको अवसरमा विपन्न परिवारलाई सहयोग एवं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर तीन घरपरिवारका १४ जनाकालागी खाद्यान्य एवं कपडाहरु प्रदान गरेको छ ।

अति कमजोर आर्थिक अवश्या भएका परिवारलाई दशैमा लगाउने १४ थान नयाँ कपडा र चामल, दाल, नुन, तेल लगायत खाद्यान्य सहयोग गरेर दशैको शुभकामना आदानप्रदान गरिएको दाङ महिला जेसीजका महासचिव संगीता गिरीले जानकारी दिनुभयो ।

दाङ महिला जेसिजका अध्यक्ष जीवा भुषालको अध्यक्षता एवं जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला जेसिजले सामाजिक क्षेत्रमा गरेको उल्लेखनिय कार्य गर्दै आएको बताएका थिए । उ

नीहरुले महान् पर्व दशैको अवसरमा आर्थिक समस्यामा रहेका विपन्न परिवारको घरमा खाद्यान्य र कपडा सहयोग गरेर चाडपर्वको रौनक थपीदिएको बताए । खाद्यान्य र कपडा पाएपछि विपन्न परिवारका सदस्यहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेल, पूर्व अध्यक्ष डोमा पाण्डे, त्रिभुवननगर जेसिजका अध्यक्ष माधवप्रसाद पौडेल, समाजसेवी तारा पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम संयोजक जुनकुमारी बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ महिला जेसिजका कार्यकारिणी उपाध्यक्ष अनिता ढकालले आश्था पाठ गराउनुभएको थियो । कार्यकारिणी उपाध्यक्ष नारायणी भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण दाङ महिला जेसिजका महासचिव संगीता गिरीले गर्नुभएको थियो ।

एन.एल मोटोक्रप घोराहीका प्रबन्धक सुदर्शन गिरी र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको सहयोगमा ती परिवारलाई खाद्यान्य र कपडाहरु सहयोग गरिएको अध्यक्ष जीवा भुषालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*