Home / Feature Breaking news / २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए

२४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*