Home / Feature Breaking news / तरकारी खेती…

तरकारी खेती…

दाङ २४ मसिर ।सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानले राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का भूमिहीनलाई संगठित गरेर कृषक समुह गठन गरेर आयआर्जनमा लगाएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ४ पर्सामा पन्ध्र कट्ठा र वडा नम्बर ५ धर्मपुरमा २९ कट्ठा जग्गा भाडामा लिएर भूमिहिनलाई तरकारी खेतीमा लगाएको छ । विगत वर्षदेखि नै संस्थाले ति कृषकलाई तरकारी खेतीमा प्राविधिक र अन्य सहयोग गर्दै आएको छ । स्वानले पावर प्रोजेक्ट सञ्चालन गरेर श्रम गर्न उत्प्रेरित गराएको छ ।

पावर प्रोजेक्ट कार्यक्रमले खेतीयोग्य जमिन भाडामा लिएर ति भूमिहीन किसानलाई व्यवसायिक रुपमा तरकारी खेती गर्न सहयोग गर्दै आएको स्वानका अध्यक्ष कृष्ण कुमार चौधरी वताए । तकारी खेती गरेपछि भूमिहीन ति किसानमा जीवनमा समेत परिवर्तन आएको छ ।

स्वानले पहिलो वर्षमा तरकारी खेती गर्दा सबै आफै व्यहोर्ने, दोस्रो वर्ष पचहत्तर प्रतिशत स्वान र पच्चीस प्रतिशत किसानले व्यहोर्ने, तेस्रो वर्ष पचास पचास प्रतिशत किसान र सस्थांले खर्च व्यहोर्ने, चौथो वर्ष किसानले पचहत्तर प्रतिशत र सस्थांले पच्चीस प्रतिशत खर्च व्यहोर्नु पर्ने र अन्तिम वर्ष सबै किसानले खर्च व्यहोर्ने गरे कार्यक्रम शुरु गरिएको सोसाईटी वेलफेर एक्सन नेपाल स्वानका अध्यक्ष चौधरीले बताए ।

राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा रहेका दलित, सुकुम्बासी, पिछदिएको वर्ग र भूमिहीन गरि एक हजार बढीलाई पावर कार्यक्रम मार्फत आत्मनिर्भर बन्नका लागि उत्प्रेरित गर्ने कार्य भैरहेको सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका दाङ्ग जिल्ला कार्यक्रम संयोजक बिष्णु भुषालले वताए ।

हामीले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम गर्छु जुन कार्यक्रमले भूमिहिनलाई टेवा पुग्छ’ संयोजक भुषालले भने । यसै विच पावर प्रोजेक्ट अन्तर्गत भूमिहीन किसानले शुरु गरेको तरकारी खेतीको बुधवार अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले तरकारी खेतीको अनुगमन गर्दै भूमिहिनको जीवन सुधार गर्न कार्यक्रमले सहयोग पुगेको वताए । उनले आगामी दिनमा बजारको माग अनुसार खेती गर्न सुझाव समेत दिए ।

अुनगमनमा सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका अध्यक्ष चौधरी, कृषि ज्ञान केन्द्र दाङ्गका बागवानी विकास अधिकृत बाल कृष्ण शाह, सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका दाङ्ग जिल्ला कार्यक्रम संयोजक बिष्णु भुषाल र पत्रकार लगायतको टोलीले सहभागि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*