Home / Feature Breaking news / अन्तरवार्ताकारलाई स्पष्टिकरण साेधिनु दुर्भाग्यपूर्ण: उपाध्यक्ष पाेख्रेल

अन्तरवार्ताकारलाई स्पष्टिकरण साेधिनु दुर्भाग्यपूर्ण: उपाध्यक्ष पाेख्रेल

दाङ, १६ वैशाख
पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले रेडियो नेपालमा अतिथीले बोलेको बिषयलाई लिएर अन्तरवार्ताकारलाई स्पष्टिकोरण सोधिएको प्रशंगलाई दूर्भाग्यपूर्ण भनेका छन् ।

रेडियो नेपालको हिजो बिहानको कार्यक्रममा डा.बाबुराम भट्टराईसंगको अन्तरवार्ता लिने पत्रकार डा.नवराज लम्साललाई सूचना तथा प्रबिधी मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।

‘यो प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथीको आक्रमण हो’ पोख्रेलले भनेका छन्,, ‘अतिथीलाई पहिले नै यसो भन्नुहोला, यसो नभन्नुहोला भनेर अन्तरवार्ता लिने प्रचलन संसारमा कही पनि छैन र लोकतान्त्रिक समाजमा यस्तो अभ्यासलाई पूर्ण रुपमा गलत मानिन्छ ।’ सरकारलाई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै उनले आलोचना सुन्नै नचाहने प्रबृत्ति त्याग्न सरकारलाई आग्रह गरेका छन् । ‘लगानी चाहे सरकारको होस्, चाहे निजी क्षेत्रको, सञ्चारमाध्यम सार्वजनिक सम्पत्ति हुन्, तीनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ र सबैका अभिव्यक्तिलाई स्थान दिनुपर्छ’ उनले भने ।
पोख्रेलले रेडियो नेपालले माफी माग्दै बक्तव्य निकाल्नुलाई झनै खतरनाक कदमको संज्ञा दिएका छन् । ‘दवावमा यस्तो बक्तव्य आयो कि चाकरीको पराकाष्टा हो यो ?’ उनले प्रश्न गरेका छन् । यसो गरेर रेडियो नेपालको प्रशासनले रेडियो नेपालले आफ्नो विवेक र घोषित नीति अनुसार काम गर्नसक्दैन भन्ने सन्देश दिइएको दावी समेत गरेका छन् ।

‘रेडियो प्रशासन यसरी चाकरीमा लाग्दा त्यहाँ काम गर्नेहरुको मनोवल गिर्छ र आलोचनात्मक चेत सहितको पत्रकारिता त्यो संस्थामा मर्छ’ पोख्रेलले टिप्पणी गरे ।

उनले बिगतमा त्यही कार्यरत पत्रकार प्रमोद दहालमाथी पनि अन्तरवार्ता प्रकरणमा स्पष्टिकरण सोधिएको प्रशंग स्मरण गर्दै भने,‘अहिले फेरि नवराजजीसंग सोधीएको छ, यो बेला हामी हाम्रो सम्पादकीय नीतिमा अडिग छौं भनेर प्रेस स्वतन्त्रताको पक्षमा उभिनु पर्ने रेडियो प्रशासन उल्टो रेडियोकर्मीको मनोवल गिराउने ढंगले प्रस्तुत भयो,यो दुःखद हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*