घोराही, ६ माघ
दाङमा २ थान भरुवा बन्दुक सहित १ जना व्यक्ती पक्राउ परेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ जुम्लेकुलाका २९ बर्षीय हरी बहादुर रासकोटि बन्दुकसहित पक्राउ परेका हुन् ।
आफ्नै घरमा लुकाई राखेको २ थान भरुवा वन्दुक, बदेलको जस्तो देखिने खुट्टाको (सपेटा) १ थान सहित शनिवार बेलुकी रासकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ परेका रासकोटीलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ को (हातहतियार तथा खरखजाना सम्वन्धि) कसूरमा मुद्दा दर्ता गरी आवश्यक कार्वाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता डिएसपी रामप्रसाद घर्तिले जानकारी दिनुभएको छ ।