Home / Feature Breaking news / अबैध भारु नोटको कारोबार गर्ने पक्राउ

अबैध भारु नोटको कारोबार गर्ने पक्राउ

दाङ,५ बैशाख । दाङमा प्रहरीले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष प्रहरी टोलीले भारु नोट साट्नका लागि तयारी अवस्थामा रहेको अबैध भारु नोट ३ लाख ९५ हजारसहित राप्ती गाउँपालिका–१ निवासी ४५ बर्षीय लौकुस गुप्तालाई घोराहीबाट एक जनालाई पक्राउ गरेको हो ।

अबैध भारु नोटको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका–१५ दामोदरचोकबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

पक्राउ परेका गुप्तालाई भारतीय नोटको अवैध कारोवार मुद्धा दर्ता गरेर गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । साथै घट्ना बारे थप अनुसन्धानका लागि गुप्तालाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाउने तयारी भैरहेको समेत प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिएका छन् ।

प्रहरीले उनको साथबाट भारतिय रुपैया दुई हजारका नोट एक सय वटा, पाँच सयका नोट तीन सय ८६ वटा, २० रुपैयाका नोट ३४ वटा र भारतिय रुपैया १० नोट १ सय ६२ वटा नियन्त्रणमा लिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*