Home / Feature Breaking news / धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं,१ साउन । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार दिउँसो साढे १ बजे काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया देखिएपछि उनलाई दुई साता अगाडि ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । सुब्बा लामो समयदेखि मृगौला रोगबाट समेत पीडित रहेको उनका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसलाई पराजित गर्दै एमालेबाट मेयरमा निर्वाचित भएका थिए । उनका एक श्रीमती र एक छोरा छन् ।सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*