Home / Feature Breaking news / कांग्रेस सभापतिमा शेरबहादुर देउवाले दिए उम्मेदवारी (यस्तो छ टिम)

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले दिए उम्मेदवारी (यस्तो छ टिम)

काठमाडौं,२५ मंसिर। कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् ।

त्यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*