Home / Feature Breaking news / रेडपाण्डाको छालासहित तीनजना पक्राउ

रेडपाण्डाको छालासहित तीनजना पक्राउ

दाङ, १५ फागुन । दाङमा प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिवार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित रोल्पाका तीनजना युवाहरूलाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार रोल्पा सुनिलस्मृति गाउँपालिका–७ घर भएका ३२ वर्षीय रामबहादुर थापा, सोही पालिका वडा नं. ३ बस्ने २० वर्षीय रूपक खड्का र सुनछहारी गाउँपालिका ७ का १९ वर्षीय रामकुमार पुन मगरलाई रेडपाण्डाको ५ वटा छाला सहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार बिहान ७ बजे राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ–प्यूठान सडकखण्डबाट पक्राउ गरेको दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेकाहरूलाई आइतवार वन डिभिजन कार्यालय घोराहीमा बुझाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*