Home / Feature Breaking news / दुर्घट्ना न्यूनीकरणका लागि स्लो बाईक प्रतियोगिता

दुर्घट्ना न्यूनीकरणका लागि स्लो बाईक प्रतियोगिता

घोराही, १५ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्रले स्लो बाईक रेस प्रतियोगिता गरेको छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धि गर्ने, लेन अनुशासन कायम गर्न प्रेरित गर्ने उद्देश्यका साथ शनिवार प्रतियोगिता गरिएको हो । प्रतियोगितामा मिनराज महराले ५० मिटरको दुरी एक मिनेट ५० सेकेन्डमा पार गर्दै प्रथम भएका हुन । प्रथम भएका महराले नगद दुई हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा सुनिल पुरीले १ मिनेट ४८ सेकेन्डमा दुरी पार गर्दै दोश्रो र सुनिल चौधरीले १ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै तेश्रो हुँदा लुम केसीले १ मिनेट २७ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना भए । उनीहरु क्रमश एक हजार पाँच सय, एक हजार र पाँच सयसहित प्रमाणपत्र प्राप्त गरेका थिए । विजेतालाई नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ । कुल ४० जना सहभागी मध्ये १६ जनाले मात्रै दुरी पार गरेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । सो अवसरमा, प्रहरी उपरीक्षक रिजालले बढ्दो सवारी दुर्घटनामा परि ठुलो जनधनको क्षति हुने गरेकाले यसमा सबै गम्भीर बन्न जरुरी रहेको बताए । उनले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी एक्लैले दुर्घटना रोक्न चुनौतिरहेकाले समुदाय र प्रहरी बिचको सम्बन्ध अझ बलियो बनाउन आवश्यक रहेको बताएका छन् । ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको कार्यक्रममा राप्ती इन्जिनियरिङ घोराही र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले प्रायोजन गरेको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष कैलाश रोका मगर, सल्लाहकार बलदेव योगीलगायत उपस्थित कार्यक्रमको सहजीकरण सचिव आर.के. शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*