Home / Feature Breaking news / हरियो बजारद्वारा दुध व्यवसायीलाई क्यान वितरण

हरियो बजारद्वारा दुध व्यवसायीलाई क्यान वितरण

दाङ, ५ बैशाख ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा प्रर्वद्धन एवं समुदायिक महिला सेवा केन्द्रको सञ्चालनमा रहेको ‘हरियो बजार’ ले आफ्ना सदस्यहरु घोराहीका दुग्ध व्यवसायीहरुलाई क्यान वितरण गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी ९ जना दुग्ध व्यवसायी सदस्यहरुलाई प्रतिसदस्य दुई वटाको दरले १८ वटा क्यान वितरण गरिएको हो । कार्यक्रममा डेरी व्यवसायी समिति घोराहीका अध्यक्ष ईश्वरी घिमिरे, जाल्पा सामुदायिक लघुविक्त वित्तीय संस्थाका प्रदेश प्रमुख पवन योगी, घोराही शाखा प्रमुख माधवा रेग्मीलगायतले क्यान वितरण गरेका थिए । कार्यक्रममा जाल्पाका प्रदेश प्रमुख योगीले प्लाष्टिकका क्यान विस्तापित गर्दै उपभोक्तासम्म गुणस्तर र शुद्व दुध पु¥याउने उदेश्यले सदस्यहरुलाई आल्मोनियमका क्यान वितरण गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि डेरी व्यवसायी समितिका अध्यक्ष ईश्वरी घिमिरेले हरेक डेरी व्यवसायीले दुध तथा दुग्धजन्य वस्तुको गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । हरियो बजारका इञ्चार्ज धनश्याम वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था घोराही शाखा प्रमुख माधवा रेग्मीले स.स्था र हरियो बजारले दिदै आएको सेवा सुविधाहरुको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण कमलकान्त दाहालले गरेका थिए । जाल्पा सामुदायिक लघुवित्त संस्थाद्वारा प्रर्वद्धन एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रको सञ्चालनमा केही समयदेखि घोराही १५ काठेकोहलमा हरियो बजार सञ्चालन गरेको छ । किसानहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थ एवं अन्य वस्तुहरु खरिद गरि उपभोक्तासम्म पुर्याउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*