Home / Feature Breaking news / स्थानीय तहको ईजाजतबिना व्यवसाय सञ्चालन

स्थानीय तहको ईजाजतबिना व्यवसाय सञ्चालन

घोराही, ५ चैत

व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा स्थानीय तहको ईजाजत विना व्यवसाय सञ्चालन गरेको पाईएको छ । घोराही उपमहानगरपालिका उपभोक्ताहित संरक्षण शाखाले घोराहीमा गरेको अनुगमनको क्रममा व्यवसाय सञ्चालनका क्रममा स्थानीय सरकारबाट ईजाजत नलिएर सञ्चालन गरेको पाईएको हो ।

अनुगमनमा क्रममा स्थानीय सरकारको ईजाजतविना व्यवसाय सञ्चालन गरेको, स्थानीय सरकारमा व्यवसाय सञ्चालनकालागि ईजाजत लिनुपर्छ भन्ने जानकारी नभएको, म्याद नाघेको वस्तुहरु पसलमा राखेको, सम्पूर्ण सामाग्रीको व्यवसाय एकै पसलबाट विक्री गर्ने गरेको पाईएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले जानकारी दिनुभयो ।

आईतवार घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य कृष्णा राना, जिल्ल प्रशासन कार्यालयका नविन पौडेल, नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, उपभोक्ता हित संरक्षण मञ्चका चिन्तामणी पौडेलको सहभागिता रहेको थियो ।

आईतवार घोराही उपमहानगरपालिका वडा नम्बर १५ को पाठक चोकमा रहेका पसलहरुमा अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*