Home / Feature Breaking news / बंगलाचुली गाउँपालिकाको गाडी दुर्घटनामा

बंगलाचुली गाउँपालिकाको गाडी दुर्घटनामा

दाङ,२१ जेठ। दाङमा बंगालाचुली गाउँपालिकाको गाडी दुर्घटना भएको छ ।

गाउँपालिकाको लु १ झ ६१६ नम्बरको गाडी घोराही–मुर्कुटी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ पालुथानमा दुर्घटना भएको हो ।

गाउँपालिकाबाट घोराहीतर्फ आउँदै गर्दा गाडी दुर्घटनामा परेको थियो । गाडीमा चालकसहित चार जना रहेपनि उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाश वलीले चलाएका थिए । प्रकाशले चलाएको गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*