Home / प्रदेश समाचार / याक एण्ड यतिद्धारा मेट्रो हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर

याक एण्ड यतिद्धारा मेट्रो हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर

तुलसीपुर, २१ जेठ । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक सतिश गौचनले १० वटा अक्सिजन कन्सन्टे«टर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले बताए ।

अक्सिजनको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले हस्पिटललाई कन्सन्ट्रेटर उपलब्ध गराएको गौचनले बताए । अक्सिजन कन्सन्ट्रेटरको पहल तुलसीपुर उपमहानगरपालिका शिक्षा सल्लाहकार शिशिर खनालले गरेका थिए । ‘दाङ सहित देशैभर अक्सिजनको हाहाकार भयो । कतिपयले अक्सिजनकै अभावमा अकालमा ज्यान गुमाउनु प¥यो,’ सल्लाहकार खनालले भने– ‘रातदिनको मेहनतपछि तुलसीपुर मेट्रो अस्पतालमा कोरोना आइसोलेसन पनि सञ्चालनमा आयो । तर अक्सिजनको अभाव त उस्तै रह्यो । त्यसैले नीतिशाला मार्फत कन्सन्ट्रेटर जुटाउने काम गरेको हुँ ।’

उपमहानगरले ५० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसैबीच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने दुबै जनालाई धन्यवाद दिएका छन् । युद्धमा कुनै नियम नहुने बताउँदै नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको महायुद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेसन सञ्चालनमा सफल प्राप्त गरेको बताए ।

‘केही नगर्नु भन्दा धेरै गरेका छौँ तर ग¥यौं भनेर सन्तुष्ट रहने अवस्था छैन,’ नगर प्रमुख पाण्डेले भने– ‘तर थाकेका छैनौँ, निरन्तर काममा छौ ।’ विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोनाविरुद्धको अभियानमा लड्न सहज भएको पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*