Home / Feature Breaking news / दाङमा बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमित ९० नाघे

दाङमा बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमित ९० नाघे

लिलाधर वली

दाङ, ३ वैशाख । छिमेकी सिमावर्ती जिल्ला नेपालगञ्जमा व्यापक रुपमा कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा दाङमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो जानकारी अनुसार दाङ जिल्लामा मात्रै कम्तीमा ९२ जना सक्रिय संक्रमित रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाका संक्रमितहरुलाई उपचार गर्ने बेलझुण्डी कोरोना विशेष अस्पतालमा भने बढीमा पच्चीस जनालाई मात्र उपचार गर्ने क्षमता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

केही समयअघि घटेको कोरोना संक्रमणदर जिल्लामा पुनः बढ्न थालेपछि सर्वसाधारणमा समेत त्रास बढेको छ । तर उपचारकालागी अस्पताल व्यवस्थापन, आइशोलेशन र क्वारेन्टाइन व्यवस्थापनमा भने स्थानिय सरकारहरु वेखवर छन् । छिमेकी देश भारतसँगै नेपालका अन्य जिल्लाहरुमा बढेको कोरोना संक्रमण जिल्लामा पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा संक्रियकोरोना संक्रमितको संख्या ९२ पुगेको छ । संक्रमितहरु मध्ये अधिकांस घरमा रहेका छन् । ९२ जना कोरोना संक्रमितहरु मध्ये अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा २० जनाले उपचार गराईरहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् । उनीहरु मध्य पाँच जनाको आसियु र १५ जनाको उच्च स्हायार कक्षमा राखेर उपचार भैरहेको त्यहांका स्वास्थ्यकर्मि दोर्ण वलीले बताएका छन् ।

पहिलेको तुलनामा अहिले अस्पतालमा कोरोनो संक्रमित थपिने क्रम बढेको व्यवस्थापक वलीले बताए । ‘एक साताअघिसम्म अस्पतालमा २÷३ जना संक्रमितहरु आउने गरेका थिए,अहिले २० जना पुगेका छन्’–व्यवस्थापक वलीले भने–‘अव अस्पतालमा थप ५ विरामीहरु राख्ने मात्र ठाउँ छ, त्योभन्दा बढी आए कहाँ राख्ने ठाउँ छैन ।’

उनले कोरोना संक्रमण रोकथाम तथा संक्रिमतको उपचारमा ध्यान दिन स्थानीय तहहरुलाई आग्रह गरेका छन् । नयाँ बर्षको अवसरमा जिल्लावाहिरबाट भित्रने मानिसहरुसँगै कोरोनाप्रतिको व्यवास्था र लापरवाहीले संक्रमितहरु बढ्ने क्रम बढेको उनले बताए ।

तर कोरोना संक्रमितहरु बढिरहदा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने पालिकाहरुले भने खास्सै चासो दिएका छैनन् । एक हप्ताअघिसम्म नगन्य मात्रमामा रहेको कोरोना संक्रमण दर एक हप्तामै ९२ जना पुगिसक्दा समेत पालिकाहरुले क्वारेन्टाइन तथा आइसोलेसन वार्ड निर्माणमा ध्यान नदिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

तर कोरोनासँग डराएर भाग्नुभन्दा सावधानी अपनाएर अघि बढ्नुपर्ने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रम्ख नारायण घर्तिले बताए । उनले संक्रमितहरुलाई राख्नका लागि उपमहानगरपालिकाले क्वारेन्टाइन तथा आइसेलेसन वडा बनाउने विषयमा अहिलेसम्म नसोचेको समेत बताए ।

‘उपमहानगरपालिकामा कोरोना संक्रमितहरुमा थप समस्या देखिए बेलझुण्डी कोरोना अस्पतालमा पठाउने गरेका छौ, नत्र होम आइसोलेसनमै बस्न संक्रमितलाई सुझाव दिएका छौ’–स्वास्थ्य शाखा प्रमुख घर्तिले भने–‘पालिकाले अघिल्लो पटक जस्तो संक्रमित राख्ने आइसोलेसन सेन्टर बनाउने योजना बनाएको छैन ।’ स्वास्थ्य शाखा प्रमुख घर्तिले संक्रमितहरुलाई सुरक्षित रुपमा घरमै बस्न समेत आग्रह गरेका छन् ।

घोराहीमा मात्र होइन जिल्लाका दश वटै पालिकाहरुमा कोरोना संक्रमित बढिरहदा कुन पालिकामा कति संक्रमित र उनीहरुलाई कहाँ छन भन्ने समेत पालिकाहरुले तथ्याङक राख्न सकेका छैनन् ।

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिवार कोरोना परिक्षणका क्रममा कोरोना संक्रमित देखिएका थप १९ जनासहित जिल्ला संक्रिय कोरोना संक्रमितको संख्या ९२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । उनले योसँगै जिल्लामा हालसम्म कोरोना संक्रिमतको संख्या ३ हजार ७ सय ३६ जना पुगेको बताए । उनका अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*