Home / Feature Breaking news / पाटीलाई एकतावद्ध बनाउन मुख्य चुनौतीः महामन्त्री कोइराला

पाटीलाई एकतावद्ध बनाउन मुख्य चुनौतीः महामन्त्री कोइराला

देउखुरी, ९ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शसांक कोइरालाले अहिलेको बर्तमान अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर लैजान नेपाली काङ्ग्रेसको मुख्य चुनौती रहेको बताएका छन ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ देउखुरीको गढवामा आयोजना गरेको हातेमालो तथा वडास्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री कोइरालाले पाटीलाई एकतावद्ध रुपमा कसरी लैजाने भन्ने पार्टीका लागि मुख्य चुनौती बनेको बताएका हुन । ‘जुनदिनदेखि पार्टी एकताबद्ध भएर लाग्छ त्यो दिन काग्रेसलाई कसैले हराउन सक्दैन’,महामन्त्री कोइरालाले भने,‘त्यसका लागि पार्टीमा एकता आवश्यक छ ।’ उनले पार्टी एकताबद्ध भएर अघि बढ्ने हो भने काग्रेसलाई कसैले पनि हराउन नसक्ने दावी गरेका थिए ।

पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनका लागि काग्रेसका नेता तथा कार्यकर्ताहरुमा भएको आपसी तिक्तता अन्त्य हुनुपर्ने महामन्त्री कोइरालाको भनाई रहेको थियो । महामन्त्री कोइरालाले विगतमा पूर्वप्रधानमन्त्री एव पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले भन्नुभएको ‘म आफ्नै छायाँदेखि तर्सन्छु…’ भन्ने भनाईको स्मरण गर्दै अहिले पार्टीमा अरुभन्दा पनि आफनैबाट तर्सनुपर्ने अवस्था रहेको समेत बताएका थिए । पार्टीभित्रै हुने घात तथा अन्तरघातका कारण बिगतमा निर्वाचनमा पार्टीले हार बेर्होनु परेको भन्दै कोइरालाले अव घातअन्तगर्तत गर्ने कार्यको अन्त्य हुनुपर्ने बताएका हुन । पार्टीलाई सुरक्षित बनाउनकालागि पार्टीभित्र एकिकृत हुन आवश्यक रहेको बताए ।

त्यस्तै महामन्त्री कोइरालाले विगतमा काग्रेसले कम्युनिष्टलाई सहयोग गरेपनि कम्युनिष्टवाट काग्रेसले धोका पाएको बताए । ‘निर्वाचनमा काग्रेसले माओवादी,राप्रपालाई सहयोग ग¥यो,तर उनीहरुले काग्रेसलाई सहयोग गरेनन्’,उनले भने,‘जसका कारण उनीहरुलाई काग्रेसले निर्वाचनमा जिताएपनि काग्रेसलाई हराए ।’ त्यसैले विगतबाट पाठ सिकेर काग्रेसले आगामी दिनमा कसैसँग सहकार्य नगर्ने समेत बताएका थिए । काग्रेसको आफैमा सक्षम र सवल पार्टी भएकाले आफै एक्लै अघि बढ्नुपर्ने बताएका थिए । काग्रेसका पालामा मडिकल कलेज, सडक, सञ्चार, सवाई सेवालगायत क्षेत्रमा धेरै विकास गरेपनि कम्युनिष्ट सरकारले केह ीगर्न नसकेको बताएका थिए

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले जनताले घरआगनमा आएको सरकारवाट सन्तुष्ट हुन नसकेको बताए । त्यसका कारण सरकारले चाहे अनुसारको विकास गर्न नसक्नु भएको बताएका थिए । त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले नेपाली काग्रेसलाइृ एकतावद्ध र सगठित पाटी बनाउनकालागि पार्टीभित्रको आन्तरिक गुठउपटको अन्त्य हुनुपर्ने बताएका थिए । काग्रेसप्रति जनताको ठुलो विश्वास रहेपनि काग्रेसभित्रको गुटउपगुटका कारण काग्रेस कम्जोर बनेको भन्दै पार्टी नेतृत्वलाई गुटगत राजनीति त्याग्न आग्रह गरेका थिए ।

त्यस्तै उनीहरुले नेपाली काङ्ग्रेस आफ्नो बिचारमा अडिग र जनताको बिचमा लोकप्रीय भएकोले अब आउदा दिन मा कुनै पनि राजनैतिकदल सङ मिलेर चुनाव जान नहुने बताएका थिए । त्यस्तै काग्रेस र फोरम लोकतान्त्रीक
विच पार्टी एकता भएपनि विचारमा एकता हुन नसकेको विचारमा एकता गराउन समेत आग्रह गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब सिचाइ मन्त्री दिपक गिरि, पूर्व मन्त्री सन्जय गौतम, पूर्वराज्यमन्त्री रामकृष्ण यादव, नेपाली काग्रेसका सदस्य पार्बती चौधरी,संसद अनिता देवकोटा,युवा नेता तथा पूर्वसासद योगेन्द्र चौधरी, पूर्व सांसद शुसिला चौधरी,पूर्व सांसद राजु खनाल,नेपाली काङ्रेग दाङका सचिब शंकर डागी,स्वर्गीय खुमबहादुर खड्का पुत्र अनुराग खड्काको कार्यक्रममा सहभागिता रहेको थियो ।

नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सभापती भेषराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपसभापती हरिहर शर्माले गरेका थिए । कार्यक्रममा १५ जना भन्दा बढी पुर्ब माओबादी कार्यकर्ताले नेपाली काङ्ग्रेस मा प्रवेश गरेका थिए । उनीहरुलाई महामन्त्री कोइरालाले टीका लगाइ पार्टी को सदस्यता दिएर प्रबेस गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*